Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

गणतन्त्र दिवसको अवसरमा वीरगंजमा पनि प्रभातफेरी तथा कोण सभा

spot_img
spot_img

वीरगनज, १५ जेठ ।
गणतन्त्र दिवस, वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस ०७६ जिल्ला समारोह समिति पर्साको आव्हानमा बिहान वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको हो ।

गणतन्त्रको संस्थागत विकास गरौं, गणतन्त्रलाई समृद्धिको आधारको रुपमा उपयोग गरौं भन्ने नाराका साथ गणतन्त्र दिवस मनाइएको हो । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, वुद्धिजीवि, उद्योगी, व्यापारी सामाजसेवि, युवा विद्यार्थीले गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरीमा सहभागी भएका थिए ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगरपरिक्रमा गरी विपी उद्यानमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले गणतन्त्र आएको आभास आम जनमानसले गर्न नसकेकोले त्यस्तो वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गणतन्त्रले जनतालाई प्रजाबाट नागरिकमा रुपान्तरण गरिदिएकोले यसको सबैले मिलेर रक्षा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भोजपुरी गायक सुनिल पण्डितले ‘गणतन्त्र जिन्दावाद’ बोलको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाली कांग्रेसको जनजागरण अभियान अन्र्तगत गणतन्त्र दिवसको अवसरमा कांग्रेसले छुट्टै प्रभातफेरीको आयोजना गरेको थियो । वीरगञ्ज मुर्ली्स्थित पार्टी कार्यालयबाट निकालिएको ¥याली माइस्थानमा पुगेर सम्पन्न भएको नेवि संघका बिश्वास द्विवेदीले जानकारी दिए ।

कोण सभामा मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले गणतन्त्र ल्याउन काँग्रेसको योगदान बढी रहेकोले जोगाउन पनि काँग्रेस नै अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसको कार्यक्रममा केन्द्रिय सदस्य अजय चौरसिया, पर्सा सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, महा समिति सदस्य वृहस्पती श्रेष्ठ लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...