Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रात्रि मावि बन्द गरी गरिब र विपन्नको एसइई पास गर्ने सपना तुहाउँदै महानगर

spot_img
spot_img

वीरगञ्ज । आयस्रोत कम भएका परिवारलाई लक्षित गरी ५७ वर्षअघि स्थापना भएको रात्रीकालीन विद्यालय महानगरपालिकाले बन्द गराउने निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिकामा रहेको एक मात्र रात्री माध्यमिक विद्यालय बन्द गर्ने निर्णयले सयौंको भविष्य अनिश्चित भएको छ ।

महानगरपालिका–८ गहवामा सञ्चालित वीरगञ्ज रात्री माध्यमिक विद्यालयलाई महानगरपालिकाले बन्द गर्ने निर्णय गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चिन्तित भएका छन् । २०१८ सालमा स्थापना भएको माध्यमिक विद्यालयमा दिनमा काम गर्ने गरिब र विपन्न परिवारका युवायुवतीहरू रातिको समयमा पढ्दै आएका छन् । विद्यालय बन्द हुने सुनेपछि आफुहरू तनावमा परेको कक्षा १० मा अध्ययनरत राजीव ठकुरीले वताए । वीरगञ्ज ८ पानीट्यांकी निवासी ई रिक्सा चालक ठकुरीले भने, ‘दिन भरी ई रिक्सा चलाउने र रातीको समयमा पढ्दै आएको थिए, विद्यालय बन्द हुने सुनेपछि अब पढ्न नपाउने चिन्ता भएको छ ।’

यस्तै, दिन भरी वीरगञ्जको माईस्थानमा पोतो गास्ने र रातीको समय विद्यालयमा अध्ययन गर्दै आएका गौतम कुमार पटवाको चिन्ता पनि गहिरिँदो छ । विद्यालय बन्द हुने सुनेपछि एसइई पास हुने रहर अधुरै रहने हो की भन्ने चिन्ताले उनी दैनिक छटपटाइरहेका छन् । विद्यालयमै भेटिएका पटवाले भने, ‘हामीजस्तो गरिब र विपन्न परिवारका छोराछोरी अध्ययनरत विद्यालय बन्द गर्ने निर्णयले दुःख लागेको छ ।’

कक्षा १० मा अध्ययनरत पूजा कुमारी वर्णवालले विद्यालय बन्द हुने सुनेपछि आफूलाई पनि तनाव भएको बताइन् । गरिब परिवारकी वर्णवाल दिनमा घरमा पशुपालन गर्दै जिविकोपार्जन गर्ने गरेकी छिन भने रातीको समयमा पढ्दै आएको बताइन् । आफूलाई पनि एसइई पास गर्ने रहर भएकाले रात्री माध्यमिक विद्यालयमा पढेको भए पनि सपना अधुरै रहने हो की भन्ने शंका उत्पन्न भएको सुनाइन् ।

विद्यालयमा एक ४० बर्षिय कलशा प्रजापति कुमाहल पनि पढदै आएकी छिन् । विद्यालय मै भेटिएकी वीरगञ्ज २४ अठराहा सुगौलीकी कुमाहल बालविकास शिक्षिका पनि हुन् । श्री ने.रा.प्रा.वि. अठराहा सुगौलीकी बालविकास शिक्षिका दिनभरि आफू बालविकासमा पढाउने र रातीको समयमा विद्यालयमा पढदै आएको बताइन् । अस्थायी बालविकास शिक्षिका रहेकी उनले भनिन्, ‘पहिला ८ कक्षा पास भएकोमा वालविकास शिक्षिका भइयो अब कक्षा १० आवश्यक रहेकोले आफू पढ्ने सोच बनाए पनि पढ्न नपाइने हो की चिन्ता भएको छ ।’

कक्षा ८, ९ र १० को अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा हाल ५५ जना विद्यार्थीहरू अध्ययनरत छन । विद्यालय प्रशासनका अनुसार हाल कक्षा १० मा ८ जना महिलासहित २८ जना, कक्षा ९ मा ७ जना महिलासहित २३ जना र कक्षा ८ मा ५ जना अध्ययनरत छन । महानगरपालिकाले २०७६ सालको नयाँ शैक्षिक सत्र वैशाखदेखि नयाँ विद्यार्थीको भर्ना नलिन भनेपछि विद्यार्थी संख्या नबढेको विद्यालयले जनाएको छ ।

गत वर्ष कक्षा ८ मा १० जना महिलासहित २३ जना, कक्षा ९ मा ५ जना महिला सहित ४५ जना र कक्षा १० मा १२ जना महिलासहित ५० जना अध्ययनरत रहेको विद्यालय प्रशासनले उपलब्ध गराएको तथ्यांकले देखाउछ । यस वर्ष महानगरपालिकाले भर्ना नलिन भनेपछि विद्यालयले नयाँ भर्ना लिएको छैन । विद्यालय बन्द हुने हल्ला र कक्षा ८ मा नयाँ भर्ना नभएका कारण विद्यार्थी संख्या न्यून भएको विद्यालयका प्रधानध्यापक पुरूषोत्तम मिश्र बताउँछन । अहिले पनि नयाँ भर्नाका लागि केही युवायुवती आउने गरेका छन् ।

कतिपयले भर्नाको लागि फोन गरेर सोध्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । तर, विद्यालय बन्द हुने की चल्ने अन्योलका कारण आफूहरू नयाँ भर्ना नलिएको शिक्षकहरूको भनाई छ । यस वर्ष मात्र विद्यालयबाट ४४ जना परीक्षार्थीहरू एसइई परीक्षामा सहभागि भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा १५ वर्षदेखि ४५ वर्षसम्मको युवायुवती पढ्दै आएका छन् । गरिब र विपन्न परिवारका तथा पढ्नुपर्ने समयमा नपढेका र पछि पढ्नु पर्छ भने महसुस भएका आउने गरेका छन् ।

अशिक्षाको अध्यारोबाट शिक्षाको उज्यालोतर्फ लैजाने रात्रिकालीन विद्यालय बन्द गराउने जनप्रतिनिधिको निर्णयलाई स्थानीयले मन पराएका छैनन् । विद्यालयको स्थलगत अनुगमनविनै विद्यालय बन्द गर्ने महानगरको निर्णय गलत भएको विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बताउँछन् । यस विषयमा मेयर विजय सरावगीसँग भेट्न गए पनि आफूहरूको कुरा नसुनेको विद्यालयमा अध्ययनरत कलशा प्रजापति बताइन् ।

पाँचवटा कोठा भएको आफ्नै पक्की भवनमा रात्री माध्यमिक विद्यालय सञ्चालन हुँदै आएको छ । जुन विद्यालयमा हाल एक शिक्षिका र प्रअसहित ४ जना शिक्षक रहेका छन् । दुई जना मा.वि. तहका स्थायी र दुई जना नि.मा.वि. तहका राहत शिक्षक रहेका छन् ।

सात वटा कोठामा संचालन रहेको विद्यालयमा न्यून विद्यार्थी संख्या रहेको भन्दै महानगरपालिले त्यो विद्यालयलाई अरू विद्यालयसग मर्ज गरिसकेको छ । सो भवन निजी पब्लिक केनाइट कलेज सञ्चालनको लागि दिएको छ । मेयर सरावर्गीले आफू निकटका व्यक्तिलाई कलेज संचालन गर्न दिनको लागि विद्यालय बन्द गराएको आरोपसमेत लाग्दै आएको छ ।

तर, विद्यालयमा विद्यार्थी संख्या अति न्यून भएका कारण विद्यालय बन्द गरिएको मेयर सरावर्गीको भनाइ छ । रात्री माध्यमिक विद्यालयमा पनि विद्यार्थीको संख्या अति नै न्यून भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए । २ महिना पहिला नै बन्द गरिएको विद्यालयमा हाल रहेको विद्यार्थी संख्या नक्कली भएको उनको भनाइ छ । बन्द गरिएको विद्यालयमा के गर्ने भने योजना नबनेको बताउँदै मेयर सरावर्गीले बोर्ड बैठकबाट निर्णय गरिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...