Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

जगरनाथपुरमा नेपाली काङ्ग्रेसको जागरण अभियान सम्पन्न

spot_img
spot_img

वीरगंज, १३ जेठ ।

पर्साको जगरनाथपुर गाउँपालिकामा आज नेपाली काङ्ग्रेसको जागरण अभियान सम्पन्न भएको छ । जगरनाथपुरको गापाको वडा नं. ५ मसिहानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य फरमुल्लाह मन्सुरले केपि ओलि नेतृत्वमा सरकारकको वरिपरि नै भ्रष्टाचार मौलाएको आरोप लगाए ।

आँखाले भ्रष्टाचार देखनै नसक्ने बताउने प्रधानमन्त्री ओलि कै वरिपरि भ्रष्टाचार मौलाएको आरोप लगाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रीय सदस्य मन्सुरले सरकारले पत्रकारको घाटि निमोठने काम गरेको वताए ।

नेपाली काङ्ग्रेस जगरनाथपुर गाउँपालिका सह संयोजक विहारि महतो नुनियाको सभापतित्वमा भएको कार्यक्रममा पर्साका सभापति अजय द्विवेदि, नेता जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य राजेशवर साह, शंकर चौधरी, क्षेत्री सभापति रमेश पाण्डे, महा समिती सदस्य बृहस्पती श्रेष्ठ, रामदेव चौहान लगायतकाले मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन क्षेत्रीय सचिव श्रीकान्त यादवले सन्चालन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...