Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

अवैध सर–सामान सहित ५ जना पक्राउ

वीरगंज, १३ जेठ ।
पर्सा प्रहरीले अवैध सर–सामान सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र सिमा प्रहरी चौकी छप्कैया पर्साबाट खटिएको प्रहरी टोलीले ३० किलो मरिच सहित ५ जनालाई पक्राउ गरको हो ।

- Advertisement -

वीरगंज १ स्थित रहेको जिल्ला शिक्षा कार्यालय अगाडीबाट वीरगंज २५ बस्ने उपेन्द्र कुमार सिंह, महेश साह, सुभाष कटेल, वडा नं. ८ बस्ने जितेन्द्र कुमार सिंह, पर्साको बहुदरमाई नपा वडा नं. ६ बस्ने कृष्ण कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनएको छ ।

निजहरुलाई मरिच ३० किलो, साईकल २ थान, ग.१०.प. ७६३१ र ना.२.प. ९०५ नम्बर २ थान मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कर्वाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाईएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...