Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

अवैध सर–सामान सहित ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज, १३ जेठ ।
पर्सा प्रहरीले अवैध सर–सामान सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र सिमा प्रहरी चौकी छप्कैया पर्साबाट खटिएको प्रहरी टोलीले ३० किलो मरिच सहित ५ जनालाई पक्राउ गरको हो ।

वीरगंज १ स्थित रहेको जिल्ला शिक्षा कार्यालय अगाडीबाट वीरगंज २५ बस्ने उपेन्द्र कुमार सिंह, महेश साह, सुभाष कटेल, वडा नं. ८ बस्ने जितेन्द्र कुमार सिंह, पर्साको बहुदरमाई नपा वडा नं. ६ बस्ने कृष्ण कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनएको छ ।

निजहरुलाई मरिच ३० किलो, साईकल २ थान, ग.१०.प. ७६३१ र ना.२.प. ९०५ नम्बर २ थान मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कर्वाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...

भारतमा ९६० किलो चकलेटसहित बाराका ६ जना पक्राउ

बारा । भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ९६० किलो चकलेटसहित बाराका ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। भारतको...