Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

सुकई साह मावि भेडिहारीको अभिभाव भेला सम्पन्न

spot_img
spot_img

वीरगंज, १३ जेठ ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयको अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा भएको अभिभाव भेलाले केही समय पहिला गठन भएको विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।

भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यमा राजराम बैठा र लालसा देवी कानुलाई सर्वसम्मत चयन गरेको हो । यस अघि गाउँपालिकाले बनाएको शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवपुजन साह तेली, सदस्यहरुमा वडा सदस्य जयकिशुन मण्डल र विद्यालयका प्रअ रामबालक चौरसिया चयन भएका थिए ।

वाकी रहेको अभिभाव भेलाले छनौट गर्नु पर्ने २ जना सदस्यलाई आजको अभिभाव भेलाले चयन गरेको हो । विवादित शिक्षा नियमावली अनुसार नै श्री सुकई साह मा.वि.को वद्यालय व्यवस्थापन समिति गठन भएको । गाउँपालिका शिक्षा नियमावली निर्माण गर्ने बेला शिक्षा नियमावली सम्बन्धमा विवाद भएको थियो भने पछि विवाद सेलाउदै गए पछि विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

अभिभाव भेलाले विद्यालयलाई १० प्लस २ बनाउन पनि मांग गरेको छ । स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा ९ महिना देखी विद्यालयलाई प्लस २ बनाउन विभिन्न दबावमूलक क्रियाकलाप हुदै आए पनि हुन सकेको छैन ।

विद्यालयका प्रअ रामबालक प्रसाद चौरसियाको अध्यक्षता र वडा अध्यक्ष सोनालाल चौरसियाको प्रमुख आतिथ्यतामा भएको अभिभावक भेलाको सहजिकरण शिक्षक सोनालाल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...