Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सुकई साह मावि भेडिहारीको अभिभाव भेला सम्पन्न

spot_img
spot_img

वीरगंज, १३ जेठ ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयको अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा भएको अभिभाव भेलाले केही समय पहिला गठन भएको विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।

भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यमा राजराम बैठा र लालसा देवी कानुलाई सर्वसम्मत चयन गरेको हो । यस अघि गाउँपालिकाले बनाएको शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवपुजन साह तेली, सदस्यहरुमा वडा सदस्य जयकिशुन मण्डल र विद्यालयका प्रअ रामबालक चौरसिया चयन भएका थिए ।

वाकी रहेको अभिभाव भेलाले छनौट गर्नु पर्ने २ जना सदस्यलाई आजको अभिभाव भेलाले चयन गरेको हो । विवादित शिक्षा नियमावली अनुसार नै श्री सुकई साह मा.वि.को वद्यालय व्यवस्थापन समिति गठन भएको । गाउँपालिका शिक्षा नियमावली निर्माण गर्ने बेला शिक्षा नियमावली सम्बन्धमा विवाद भएको थियो भने पछि विवाद सेलाउदै गए पछि विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

अभिभाव भेलाले विद्यालयलाई १० प्लस २ बनाउन पनि मांग गरेको छ । स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा ९ महिना देखी विद्यालयलाई प्लस २ बनाउन विभिन्न दबावमूलक क्रियाकलाप हुदै आए पनि हुन सकेको छैन ।

विद्यालयका प्रअ रामबालक प्रसाद चौरसियाको अध्यक्षता र वडा अध्यक्ष सोनालाल चौरसियाको प्रमुख आतिथ्यतामा भएको अभिभावक भेलाको सहजिकरण शिक्षक सोनालाल साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...