Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पर्सामा पनि ३ दिन गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय

spot_img
spot_img

वीरगंज, १२ जेष्ठ ।
पर्सामा पनि ३ दिन जेठ १४, १५ र १६ गते भब्यताका साथ गण्तनत्र दिवस मनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको जिल्ला मुल समारोह समितीको बैठकले ३ दिन सम्म बिभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिती पर्साका सभापति नेकमहम्मद अंसारीको अध्यक्ष्तामा बसेको बैठकले जेष्ठ १४ गते सरकारी, गैरसरकारी, निजी, बितिय, बिधालय, तथा अन्य कार्यालयहरु सरसफाई गर्ने, १४, १५ र १६ गते दिपावली गर्ने, १५ गते बिभिन्न राजनितिक दल, सम्मपुर्ण सरकारी कार्यालय, उधोग बाणिजय संघ, गैरसरकारी संस्था, बितिय संस्था तथा बैक, नेपाल रेडक्रस सोसाईटीले आआफनो बैनर सहित घण्टाघरमा ७ बजे जम्मा भई प्रभात फेरी गर्ने, बिधालय स्तरिय निम्बन्ध प्रतियिोगीता गराउने जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।

गणतन्त्र दिवस मनाउनका लागी पर्सामा जिल्ला स्तरिय गणतन्त्र दिवस मनाउन गणतन्त्र दिवस मुल समारोह समिती पनि गठन भएको छ । जिल्ला समन्वय समिती पर्साका अध्यक्ष नेकमहम्मद अंसारीको अध्यक्ष्तामा गठित समितीको सदस्यहरुमा बिरगंज महानगरपालिकाका प्रतिनिधी, राजनितीक दलका प्रमुख, कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, गैरसरकारी संस्था महासंघका अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष र नेपाल रेडक्रस सोसाईटीका सभापति रहने गरी गणतन्त्र दिवस मुल समारोह समिती गठन भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...