Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

श्री ने.रा.प्रा.वि. मैनपुरको विद्यालय व्यवस्थापन समिति गठन

spot_img
spot_img

वीरगंज, १२ जेठ ।
पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नं. ३ मैनपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति आज गठन भएको छ । विद्यालय प्राङ्गणमा भएको अभिभावक भेलाले रमेश पटेलको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

जुन समितिको पुरुष सदस्यमा रामप्रबेश प्रसाद कुर्मी, रामकिशोर प्रसाद कुर्मी, महिला सदस्यमा लाईची देवी र मराछो देवी चयन भएका छन । अभिभावक भेलामा गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी, वडा अध्यक्ष मदन साह कानु, जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयका प्रतिनिधि दामोदर पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...