Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पकहा मैनपुर गापामा पोखरी ठेक्काको बिषयमा विवाद

spot_img
spot_img

वीरगंज, १२ जेठ ।
पर्साको पकहामैनपुर गाउँपालिकाको अध्यक्षले मनोमानी गरेको बिरुद्धमा आज सोही गाउँपालिकाको वडा नम्बर २ सुर्जाहाका वडाध्यक्ष सहित सयौं स्थानियवासीहरु जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका छन ।

वडा नम्बर २ स्थित रहेको पोखरीको ठेक्कापटा गर्ने गरी सोही वडाका पदाधिकारी तथा स्थानियलाई जिम्मेवारी दिनु पर्ने र सोही वडामा रहेको अस्पतालका समिती गठन प्रक्रियामा वडा नम्बर २ का स्थानियलाई समितीमा राख्नु पर्ने मांग राख्दै वडाध्यक्ष बृजमोहन पाण्डे सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन ।

निवेदनकहरु संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले सुर्जाहाका २ वटा समस्यालाई गाउँपालिकामा बसेर सामाधान गर्ने गराउने आश्वासन दिएको नेपाली काग्रेस पार्टी संग आवद्ध सुर्जाहाका बिधार्थी नेता राकेश कुशवाहाले बताए । जिल्ला प्रशासन कार्यालयमा वडा नमबर २ सुर्जाहाका बिभिन्न पार्टीका नेता, अगुवा तथा समाजसेवीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आएको टोलीमा नेपाली काग्रेसका बिरेन्द्र पटेल, नेकपाका द्धारिका पटेल, समाजवादी पार्टीका मुकुट चौहान, समाजसेवी गाया चौहान, नारद दास, मोटर साह बर्णवाल लगायतका नेता, अगुवा तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...