Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

नेपाली कांग्रेसको जागरण अभियान : गुटउपगुटका कारण नै कांग्रेस कमजोर

spot_img
spot_img

पर्सा : नेपाली काङ्ग्रेसको जागरण अभियान पर्सामा ठोरी गाउँपालिकाबाट सुरु भएको छ । ठोरी गापाको वडा नं. ४ विजयवस्तीमा भएको जागरण अभियानमा बोल्ने बक्ताहरुले लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्र गर्न सक्ने भएकाले कांग्रेस एक हुनुको कुनै विकल्प नरहेको धारणा राखे । अभियानमा सहभागी कांग्रेसका नेताहरुले कांग्रेस नेतृत्वप्रति तिब्र असन्तुष्टी जनाउँदै नेतृत्वकै कारण चुनावमा कांग्रेसले आफ्ना एजेन्डा जनतासम्म पुर्याउन नसक्दा पराजय भोग्नु परेको आरोप समेत लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा अभियान प्रतिनिधि फर्मुल्ला मन्सुरले अभियानले कांग्रेस कार्यकर्ताहरुमा बढेको नैराश्यतालाई हटाएर सुदृढ र ससक्त काङ्ग्रेस निर्माणमा सघाउ पुर्याउने विचार व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्सुरले कांग्रेस कै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तनहरु भएको जिकिर गर्दै काङ्ग्रेस कार्यकर्ताहरुलाई चुनावी पराजयबाट अलिकति पनि विचलित नभई लोकतन्त्र रक्षाका लागी सदैव लागिपर्न आग्रह गरे ।

उनले पार्टी सभापति शेर बहादुर देउवाको कम्युनिस्ट सरकार आए रुन पनि पाइदैन भन्ने अभिव्यक्ति वर्तमान ओलि नेतृत्वको सरकारले प्रमाणित गर्दै लगेको जिकिर गरे । त्यसैको पछिल्लो उदाहरण सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक भएको समेत दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरासीयाले काङ्ग्रेस एक ढिक्का हुनु नै आजको आवश्यक्ता भएको बताउँदै अभियान सफल पार्न कार्यकर्ताहरुसंग अनुरोध गरे ।

कांग्रेस पर्साका सभापति अजय द्विवेदीले पार्टी भित्रको गुटउपगुटका कारण कांग्रेस कमजोर बन्दै गैरहेकाले गुटउपगुट त्यागेर एक हुन नेताकार्यकर्ता संग अनुरोध गरे । अहिले पनि जनताको कांग्रेस संग ठूलो अपेक्षा रहेको बताउँदै कांग्रेस भित्र आफै एक हुन सके चुनावमा जित हासिल गर्न सकिने विचार व्यक्त गरे ।

नेपाली कांग्रेस ठोरी गाउँपालिका सभापति शम्भुराम पौडेलको सभापतित्व भएको कार्यक्रममा जिल्ला विकास समितिका पुर्व सभापति जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शङ्कर प्रसाद चौधरी, नेता राजकृष्ण अमात्य, महासमिति सदस्य विरेन्द्रलाल नेपाली, वृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सदस्य डा. कृपासिन्धु चौधरी, राम बहादुर श्रेष्ठ, विरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ती कार्की लगायतले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...