Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई नपाको एक घरमा गएराती ६ लाख बराबारको चोरी

spot_img
spot_img

वीरगन्ज, ११ जेठ ।
पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ८ रामनगरीको एक घरमा गएराती चोरी भएको छ । घरमा कोही नभएको बेला रातीको समयमा आएका चोरहरुले स्थानिय सुरेश साहको घरमा चोरी गरी नगद रु ३ लाख सहित गरगहना चोरेर लगेका हुन ।

घर भित्र ट्रंक पेटीमा राखिएको नगद रु ३ लाख सहित गरगहना गरी ६ लाख बराबारको धनमाल चोरहरुले चोरेर लगेको पिडित साहले वताए ।

पेटीको ताल्चा फोडी चोरहरुले पेटी भित्र रहेको लत्ताकपडा फाली रुपया र गहना चोरी गरि लगेको प्रहरीले जनाएको छ । चोरी गर्ने चोरहरुको खोजी तलाश भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केशीले वताए ।

केही समय यता पर्साको ग्रामिण भेगमा चोरीको घटनामा कमी आए पनि फेरी आएर चोरी हुनुले स्थानियहरु त्रसित भएका छन । प्रहरीले यस्तो घटनामा संलग्नलाई जुनसुकै हालतमा पता लगाई पक्राउ गरी कर्वाही गर्न स्थानियहरुले मांग समेत गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्। बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई...