Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बहुदरमाई नपाको एक घरमा गएराती ६ लाख बराबारको चोरी

spot_img
spot_img

वीरगन्ज, ११ जेठ ।
पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ८ रामनगरीको एक घरमा गएराती चोरी भएको छ । घरमा कोही नभएको बेला रातीको समयमा आएका चोरहरुले स्थानिय सुरेश साहको घरमा चोरी गरी नगद रु ३ लाख सहित गरगहना चोरेर लगेका हुन ।

घर भित्र ट्रंक पेटीमा राखिएको नगद रु ३ लाख सहित गरगहना गरी ६ लाख बराबारको धनमाल चोरहरुले चोरेर लगेको पिडित साहले वताए ।

पेटीको ताल्चा फोडी चोरहरुले पेटी भित्र रहेको लत्ताकपडा फाली रुपया र गहना चोरी गरि लगेको प्रहरीले जनाएको छ । चोरी गर्ने चोरहरुको खोजी तलाश भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केशीले वताए ।

केही समय यता पर्साको ग्रामिण भेगमा चोरीको घटनामा कमी आए पनि फेरी आएर चोरी हुनुले स्थानियहरु त्रसित भएका छन । प्रहरीले यस्तो घटनामा संलग्नलाई जुनसुकै हालतमा पता लगाई पक्राउ गरी कर्वाही गर्न स्थानियहरुले मांग समेत गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...