Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

ग्रामिण भेगको विधुत लाईन अझै अवरुद्ध

spot_img
spot_img

वीरगंज, १० जेष्ठ ।
हावाहुरीका कारण प्रभावित पर्साको ग्रामिण भेगको विधुत लाइन अझै सुचारु हुन सकेको छैन । बुधबार सांझ आएको हावाहुरीले प्रभावित लाईन सुचारु नहुदा गाउँवासीहरु अंधकारमा बस्न बाध्य भएका छन ।

पर्साको पोखरीया बिधुत उपशाखा केन्द्रबाट बितरित बिधुत लाईन कालिकामाई गाउँपालिकाको भेडिहारी, गदियानी, बिरन्चीवर्वा, कट्टी बलुवा, हरिहरपुरबिर्ता, पकहामैनपुर गाउँपालिकाको धोरे, सुर्जाहा, पकहा मैनपुर, सबैठवा, लहावरथकरी, मानिपुर, मैनपुर, मधुवनी, धोबियाटोला, गदियानी पोखरिया, ठोरी लगायत दर्जनौ गाउँमा लाईन नहुदा हजारौ स्थानियहरु अंधकारमा बस्न बाध्य भएका हुन ।

विधुत लाइन नहुदा मोवाई चार्ज, कुटानीपिसानी तथा बिधुतीय सिचाई लगायतका कामहरु हुन नसकेको स्थानियहरुले वताएका छन ।

विधुत लाईन सुचारु गर्न मर्मतको काम भइरहेको पोखरिया विधुत उपशाखाका प्रमुख सुधिर रायले वताए । उनका अनुसार पोखरिया नगरपालिकामा विधुत लाईन सुचारु भएको र आज सांझ सम्म विधुत अवरुद्ध अधिकांश ठाउँको लाईन सुचारु हुने छ । केही ठाउँहरुमा विधुतिय पोलहरु पनि ढलेकोले सबै ठाउँको विधुत सुचारु गर्न समय लागेको वताउदै प्रमुख रायले भोली शनिबार सम्म गर्न प्रयास भइरहेको वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...