Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

अमेरिकामा भिजिट मधेस नेपालको नारा

न्युयोर्क : तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटन प्रवर्द्धनको लागी जारी भिजिट मधेस नेपाल अभियान द्वारा नेपाल डे को अवसरमा न्युयोर्क(अमेरिका)मा भिजिट मधेस नेपालको बैनर सहित र्यालि निकालिएको छ ।

- Advertisement -

नेपाल भ्रमण गर्ने आउने पर्यटकहरुलाई तराई मधेसको गन्तव्यको पनि भ्रमण गर्नु पर्ने जोड दिदै न्युयोर्कमा गत साल पनि यो कार्यक्रमको आयोजना गरिएको छ।

अभियानका ग्लोबल कोर्डिनेटर राज सरार्फको नेतित्वमा गरिएको कार्यक्रममा यो अभियानले जारी गरेको डिजिटल प्लेटफर्म वेबसाईट, मोबाइल एपको पनि सार्वजनिकिकरण गरिएको ग्लोबल कोर्डिनेटर राज सरार्फले बताए ।

अब विश्व सामु तराई मधेसमा रहेका धार्मिक, इतिहासिक, प्राकृतिक, पुरातात्त्विक, संस्कृतिक धरोहरहरुको सूचना प्रविधिबाट प्रवर्द्धन गरि तराई मधेसमा पर्यटनको बिकास गर्ने र मधेसको बिकास उत्थानमा टेवा पुर्याउने उदेश्यका साथ अभियान जारी रहेको संयोजक सरार्फले बताए ।

तराई मधेसको पहिचानलाई उजागर गर्नलाई नेपालको इतिहास मै पहिलो पटक यस्तो प्लेटफर्म तयार गरिएको ग्लोबल संयोजक राज सरार्फको दावी छ ।

न्युयोर्कमा निकालिएको र्यालिमा अ्मित सिह, बिनोद साह, सुभास कुमार बैठा, हेमन्त सिह, रुबि साह, मनोज सिह, नारायण साह, सुनिल मेहता, कुनाल पटेल, कुन्दन साह लगायतका भिजिट मधेस अभियान संग सद्भाव राख्ने सयौं ब्यक्तिहरुको सहभागीता रहेको थियो।

तराई मधेसको पहिचान र धरोहरलाई रास्ट्रीय र बिस्वब्यापी रुपमा उजागर गर्दै बहु तहको सरकार,एवं उदेश्य मिल्ने संघ-संस्था, एजेन्सीसंग समन्वय एवं सहकार्य गर्दै अभियानलाई दिगो र परिणाम मुखी बनाउदै लैजाने अभियानका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फले बताए ।

यो अभियान सफल बनाउनको लागि वातावरण तयार गर्न रास्ट्रीय टिम, प्रादेशिक टिम एवं २२ वटै जिल्लामा स्थानीय टिम एवं करिब एक दर्जन देशमा अन्तर्राष्ट्रिय टिम गठन गरिएको र सबैले उत्साह/उमंगका साथ अभियानको लागी लागी परेको संयोजक सरार्फले बताए ।

भिजिट मधेसको वेबसाईट र मोबाइल एपमा तराई मधेसमा रहेका गन्तव्यहरुको अधिकतम डाटा अपलोड गरिसकिएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...