Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

नेवि संघ पर्साद्वारा जिप्रका अगाडि धर्ना

वीरगन्ज, ९ जेठ ।

- Advertisement -

नेपाल बिद्यार्थि (नेवि) संघ पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि एक घंटा धर्ना दिएको छ । बिगत एक हप्ता अगाडी संघले बिभिन्न मागहरु अघि सार्दै जिल्ला प्रशान कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा पनि आफ्ना मागहरुको सुनुवाइ नभएपछि बाध्य भएर धर्ना दिनुपरेको नेपाल बिद्यार्थि संघ पर्साका अध्यक्ष बिश्वास रन्जन दिवेदीले बताउनुभयो ।

संघले निजि बिद्यालयहरुमा बिद्यार्थिहरुलाई दश प्रतिशत छात्रबृति दिनुपर्ने, स्कुल बसहरुमा एकरुपता गर्नुपर्ने, सरकारी स्कुलहरुमा भर्ना शुल्क नलिने तथा लिएकाको फिर्ता गर्नुपर्ने एवं दिवा खाजा कार्यक्रम सबै ठाउँमा कार्यन्वयन गर्नुपर्ने र पाठ्यपुस्कतक उपलब्ध गराउनुपर्ने लगायतका नेवि संघकाे मागहरु राखेको छ ।

धर्नामा नेवि संघ पर्साका उपाध्यक्षद्वय बिकेश पटेल, रुद्र हल्दार, सचिबद्वय प्रभात सिँह, अब्दुल कयुम, महानगर अध्यक्ष बिबेक गुप्ता, मन्जीब मिश्रा लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...