Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

नेवि संघ पर्साद्वारा जिप्रका अगाडि धर्ना

spot_img
spot_img

वीरगन्ज, ९ जेठ ।

नेपाल बिद्यार्थि (नेवि) संघ पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि एक घंटा धर्ना दिएको छ । बिगत एक हप्ता अगाडी संघले बिभिन्न मागहरु अघि सार्दै जिल्ला प्रशान कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा पनि आफ्ना मागहरुको सुनुवाइ नभएपछि बाध्य भएर धर्ना दिनुपरेको नेपाल बिद्यार्थि संघ पर्साका अध्यक्ष बिश्वास रन्जन दिवेदीले बताउनुभयो ।

संघले निजि बिद्यालयहरुमा बिद्यार्थिहरुलाई दश प्रतिशत छात्रबृति दिनुपर्ने, स्कुल बसहरुमा एकरुपता गर्नुपर्ने, सरकारी स्कुलहरुमा भर्ना शुल्क नलिने तथा लिएकाको फिर्ता गर्नुपर्ने एवं दिवा खाजा कार्यक्रम सबै ठाउँमा कार्यन्वयन गर्नुपर्ने र पाठ्यपुस्कतक उपलब्ध गराउनुपर्ने लगायतका नेवि संघकाे मागहरु राखेको छ ।

धर्नामा नेवि संघ पर्साका उपाध्यक्षद्वय बिकेश पटेल, रुद्र हल्दार, सचिबद्वय प्रभात सिँह, अब्दुल कयुम, महानगर अध्यक्ष बिबेक गुप्ता, मन्जीब मिश्रा लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...