Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

फेरी हावाहुरीको कहरले पर्सामा एकको ज्यान गयो

spot_img
spot_img

वीरगन्ज, ९ जेठ ।
पर्सामा फेरी हावाहुरीको कहरले एक किशोरीको ज्यान गएको छ । बुधबार बेलुका आएको हावाहुरीले पर्साको पकहा मैनपुर गाँउपालिका १ धोरेका दिनेश सहनीकी छोरी १३ वर्षीय श्रुती कुमारी सहनीको ज्यान गएको हो । गाउँ कै हाट बजारबाट तरकारी किनेर घर फर्किँदा बुधबार सांझ एकासी आएको हावाहुरीले सडक छेउको सिमलको रुख भाँचिएर श्रुती च्यापिएकी थिइन् ।

रुखले च्यापिएर गम्भीर घाइते भएकी श्रुतीको उपचारको क्रममा बुधबार राती नै मृत्यु भयो । श्रुतिलाई उपचारका लागि सुरुमा वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारको क्रममा बुधबार राति ढेड बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रुती गाउँ कै श्री ने.रा. अधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत थिइन । उनको मृत्युको शोकमा विद्यालयले बिहिबार एक दिन विदा पनि दिएको छ ।

उनी संगै रहेकी उनकी दिदी २१ बर्षिय संझना सहनी (रानी) बाच्न सफल भएकी छन । रुखको हांगाले लडेर समझना समान्य घाइते भएकी हुन । समझनाको हातमा समान्य चोटपटक मात्र लागेको पकहा मैनपुर १ धोरेका वडा सचिव हरिमोहन महतोले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...