Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

भाजपा एक्लै बहुमतनजिक, कांग्रेस ५१ सिटमा अगाडि

spot_img
spot_img

काठमाडौं, ९ जेठ ।

भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धनले भारी अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेसले ५१ सिटमा अग्रता लिएको छ ।

लोकसभाको कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो ।

भारतीय लोकसभाको सबैभन्दा धेरै ८० सिट रहेको उत्तर प्रदेशमा अहिलेको चुनावमा पनि भाजपा नै अगाडि छ । उसले ५६ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा भाजपाले उत्तर प्रदेशबाट ७१ सिट जितेको थियो ।

उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।

दोस्रो धेरै सिट रहेको महाराष्ट्रमा भाजपा २३ स्थानमा अगाडि छ । महाराष्ट्रमा विधानसभाको कुल ४८ सिट छ । यहाँ कांग्रेस चन्द्रपुर क्षेत्रमा मात्र अगाडि छ ।

पश्चिम बंगालमा भने तृणमुल कांग्रेसले अग्रता लिएको छ । पश्चिम बंगालका कुल ४२ सिटमध्ये तृणमुल कांग्रेस २४ र भाजपा १७ स्थानमा अगाडि छन् । कांग्रेस भने एक स्थानमा मात्र अगाडि छ । बहरामपुर क्षेत्रमा कांग्रेसका आशिष रञ्जन चौधरीले अग्रता लिएका हुन् ।

कुल ४० सिट रहेको बिहारमा भाजपा र जनता दल युनाइटेडबीच कडा टक्कर छ । दुवै १६–१६ स्थानमा अगाडि छन् । तर, कांग्रेस एक स्थानमा पनि अगाडि छैन । बिहारको बेगुसरायबाट चुनाव लडेका कम्युनिष्ट युवा नेता कन्हैया कुमार तेस्रो स्थानमा छन् । बेगुसरायमा भाजपाका कट्टर हिन्दुवादी नेता गिरिराज सिंहले नै अग्रता लिएका छन् ।

तमिलनाडुका ३९ सिटमध्ये कांग्रेसले ८ स्थानमा अग्रता लिँदा भाजपाले भने एक स्थानमा पनि अग्रता लिएको छैन । यहाँ दिवंगत नेता करुणानिधिको पार्टी द्रविड मुन्नेत्र कषगम (डिएमके) सबैभन्दा अगाडि छ । डीएमकेले सबैभन्दा धेरै २२ स्थानमा अग्रता लिएको छ ।

मध्यप्रदेशका २९ मध्ये २८ सिटमा भाजपा अगाडि छ । यहाँ कांग्रेस १ स्थानमा अगाडि छ ।

गुजरातका सबै २६ सिटमा भाजपाले अग्रता लिएको छ । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदी विगतमा मुख्यमन्त्री भएको क्षेत्रसमेत हो । आन्ध्रप्रदेशका २५ सिटमध्ये सबै स्थानमा अन्य दल अगाडि छन् ।

ओडिसाका २१ मध्ये भाजपा ७ स्थानमा अगाडि छ । यहाँ मुख्यमन्त्री नविन पटनायकको पार्टी बिजु जनता दल (बीजेडी) ले १४ स्थानमा अग्रता लिएको छ ।

केरलाका कुल २० मध्ये १५ स्थानमा कांग्रेस अगाडि छ । यहाँ कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहँदा भाजपाको अग्रता शून्य छ ।

तेलंगनाका १७मध्ये भाजपा र कांग्रेस समान चार–चार स्थानमा अगाडि छन् । सबैभन्दा धेरै अगाडि ८ स्थानमा तेलंगना राष्ट्र समिति (टीआरएस) अगाडि छ ।

पन्जाबका १३ मध्ये ८ स्थानमा कांग्रेस, दुई स्थानमा भाजपा र एक स्थानमा आम आदमी पार्टी अगाडि छन् ।

दिल्लीका सातवटै र उत्तराखण्डका पाँचवटै स्थानमा भाजपा अगाडि छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...