Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बुधबारको आंंधीलेे पर्सामा विधुत पोलहरु ढल्नुको साथै केही घरमा क्षति

spot_img
spot_img

वीरगंज, ९ जेठ ।
आंधीले पर्साको केही ठाउँमा फेरि क्षति पुर्याएको छ । बुधबार सान्झ ७:३० बजे आएको आंधीले बिधुतको पोल ढाल्नुको साथै केही घरमा समेत क्षति पुर्याएको छ । आंधीले पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ४ हरपुरमा विधुतको पोल ढल्नुको साथै विधालयको पर्खाल समेत ढलेको छ ।

श्री दुर्गा प्रा.वि. हरपुरको कम्पाउन्ड पर्खाल ढलेको छ भने केही विधुतको पोलहरु ढलेको स्थानिय नागेन्द्र प्रसाद यादवले वताए । यस्तै उनका अनुसार साहदेव महतो थारुको फुसको घरमा क्षति पुगेको छ भने बागड यादवको निर्माणधिन घरको पर्खाल भत्किएको छ । ठग महतोको विधुतको पोल नै ढलेको छ तर मानविय क्षति नभएको उनले जानकारी गराए ।

यस्तै धोबिनी गाउँपालिकाको वडा नं. ३, गुलरियामा पनि आंधीले क्षति पुर्याएको छ । गुलरियामा विधुत पोलहरु बाटो मै ढलेको र लाईन अवरुध भएको वडा सचिव पप्पु पटेलले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...