Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छिपहरमाईमा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । छिपरहमाई गाउँपालिकाको सहयोगमा र सुनौलो नेपालको आयोजनामा शुक्रबार देखी लोक सेवा तयारी कक्षा सुरु भएको हो ।

वडा नं. २ का अध्यक्ष महेन्द्र प्रसाद कलवारको अध्यक्षतामा र जिल्ला समन्वय समिति पर्साका सदस्य सुभाष साह कानुको प्रमुख आतिथ्यतामा उदघाटन समारोह भएको थियो ।

सो कार्यक्रममा आयोजक संस्था सुनौलो नेपालका अध्यक्ष अमोद कुमार केवँठ, गाउँपालिकाका आई.टी. अफिसर संजिव यादव, शिक्षा प्राविधिक सहायक पप्पु कुमार यादव, लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

छिपहरमाई गाउँपालिकाको सम्भौता सुरु भएको लोक सेवा तयारी कक्षामा एचिभर्स इन्स्टिच्युटका संचालक दिपक पटेल र अजय साहले प्रशिक्षण दिईरहेका छन ।

एक महिना सम्म चल्ने कक्षामा गाउँपालिका अन्तर्गतका २० जना युवायुतीहरुको सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...