Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज,३ जेठ ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहित अन्काय केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले शुक्रबार प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिदै पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पत्रकारहरुले आफनो पेशामा प्रयोग हुने समाग्रीहरुको प्रदर्शन गदैै विधेयकको विरोध गरेका छन् । विरोधको क्रममा प्रदेश नं २ का प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले संघ र प्रदेश सरकारले गणतन्त्र र लोकतन्त्रका प्रमुख संवाहक पे्रसमाथी अधोषित तरिकाबाट प्रतिबन्ध लगाउने तैयारी गरेको आरोप लगाए छन् भने प्रदेश सरकारले ल्याएको संचार बिधेयक प्रेस स्वतन्त्रता कुण्ठित गर्ने षयन्त्र भएको जानकारी दिए ।

प्रदेश उपाध्यक्ष केसी लामिछानेले प्रदेश सरकारले महासंघसंग गरेको छलफल, प्रतिबद्धता विपरित संचार विधेयक दर्ता भएको र वर्तमान संघ र प्रदेश सरकार संचार मैत्री नभएको र तानाशाही बाटो अवलम्ँबन गरेको आभास हुन लागेको बताए । विरोध कार्यक्रम शाखा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको थियो । महासंघको अगुवाइमा भएको प्रदर्शनमा प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लगाइएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...