Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

देउरिया गाउँबाट ३ सय ८५ केजी गाजा र १९ केजी चरेश बरामद

spot_img
spot_img

वीरगंज,३ जेठ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाको ५ देउरियामा प्रहरीको छापा मारेका छन् । शुक्रबार प्रहरीले सयभन्दा बढी घरमा छापा मारी लागुऔषध गाजा र चरेश ठूलो परिमाणमा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले देउरिया गाउँबाट ३ सय ८५ केजी गाजा र १९ केजी चरेश बरामद गरेको हो ।
देउरिया गाउँमा विगत केही दिनदेखि गाजा र चरेशको व्यापक कारोबार भइरहेको सूचनाको आधारमा गाउँपालिकाका जनप्रतिनिधिको आग्रहमा प्रहरीले गाउँमा रहेका १०५ वटा घरमा खानतलासी र छापा मारेको हो ।

बरामदका क्रममा प्रहरीले गाजा र चरेश च्याप्ने फलामका औजार पनि बरामद गरेको छ। देउरियाका पुसन माझीको घरबाट ५५ केजी गाजा र सात केजी चरेश बरामद भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।यस्तै गाउँभन्दा पूर्व्तिर रहेको कुलो छेउमा पनि फालिएको अवस्थामा १४ वटा बोरामा रहेको ३०१ केजी गाजा बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
गाजा बरामद भएको घरका घरधनी माझी भने फरार रहेको प्रहरी निरीक्षक अधिकारीले बताए।शुक्रबार दिउँसो फेरि छापा मार्ने क्रममा थप १२ केजी चरेश र २९ केजी गाजा स्थानीयको घरबाट बरामद गरिएको अधिकारीले जानकारी दिए।

दिउँसो छापामारीका क्रममा प्रहरीसँग वादविवाद र दुव्र्यवहार गरेको आरोपमा स्थानीय राजेश रामलाई पक्राउ पनि गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...