Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कानूनी कारवाही गर्नुपर्ने − अध्यक्ष बञ्जारा

spot_img
spot_img

वीरगन्ज, ३१ वैशाख ।
सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कानूनी कारवाही गर्नुपर्ने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले माग गरेका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित भेलामा अध्यक्ष बञ्जाराले अन्तर्वाताको विषयलाई लिएर वीरगन्ज स्थित एभिन्यूज टेलिभिजनको वीरगन्ज स्थित व्यूरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताहरुले गरेको तोडफोड निन्दनीय रहेको बताए । पर्सेली सञ्चारकर्मीहरुको भेलामा बोल्दै कुनै पनि बहानामा सञ्चार जगत तथा सञ्चारकर्मीहरुमाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका हुन् ।
सञ्चारगृहमाथि भएको आक्रमणमा वीरगन्ज महानगरपालिका – १३ का वडाध्यक्ष तुफान अन्सारी सहित समाजवादी पार्टीका कार्यकर्ताहरुको संलग्नता रहेको उनले भने एभिन्यूज टेलिभिजनसँग रहेको भिडियोमा देखिएको र तिनीहरु विरुद्ध किटानी उजुरी समेत दिइसकेको अवस्थामा प्रहरी प्रशासनबाट अहिलेसम्म कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढेको भन्दै तिनीहरुलाई कारवाही गराउनका निम्ति पर्सेली पत्रकारहरु एक ढिक्का भई प्रशासनलाई दबाब दिनुपर्ने बताए ।
यसैगरि उपाध्यक्ष अनुप तिवारीले सञ्चारकर्मीहरुबीच नै एकता नभएको कारण यहाँका सञ्चारगृह तथा सञ्चारकर्मीहरु पटक पटक आक्रमणको शिकार हुनुपरेको बताए । उनले विभिन्न सञ्चारगृहसँग आबद्ध सञ्चारकर्मीहरु कुनै न कुनै पार्टी सम्बद्ध संघ सँस्थामा आबद्ध रहेकोले पनि सञ्चारकर्मीहरुबीच नै दुरी बढेको कारण जो सुकैले पनि आएर आफू विरुद्ध समाचार लेखेको निहुँमा कुटपिट गरेर कानूनी कारवाहीबाट उम्कि रहेको अवस्थामा दोषीलाई कारवाही गराउन सम्पूर्ण सञ्चारकर्मीहरु एकजुट हुनुको विकल्प नरहेको बताए ।
यसरी नै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले सञ्चार विरोधी विद्येयक संसदमा विचाराधीन रहेको अवस्थामा वीरगन्ज स्थित एभिन्यूज टेलिभिजनको कार्यालयमा भएको तोडफोड निन्दनीय रहेको बताए । उनले अन्तर्वाताको विषयमा उत्पन्न समस्यालाई अन्तर्वाताबाटै समाधान गर्नुपर्ने थियो तर जसरी आफ्नो पार्टीका केन्द्रिय नेतालाई अन्तर्वातामा बोलाएर अपमान गर्यो भनेर सञ्चारगृहमाथि भएको आक्रमणलाई नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिको समेत गम्भिर ध्यानाकर्षण भएको भन्दै दोषीलाई चाँडो भन्दा चाँडो कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार हकहितको लागि गर्ने हरेक कार्यक्रममा प्रदेश २ कार्य समितिको एक्यबद्धता रहने बताए ।
आन्दोलनको स्वरुपका बारेमा बुधबार अझै ब्यापक छलफल र परामर्श गरि अघि बढ्ने छलफलमा सहमति भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा आयोजित भेलामा महासंघका प्रदेश सदस्य जगत राई, अनुप तिवारी, मनोज पटेल, राम सर्राफ, बिजय भण्डारी, बिजय महतो, शेखर छतकुल्ली, आशिक अन्सारी, क्रान्ति साह, हरिशंकर शर्मा, लगायतले आ—आफ्नो सुझाव राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...