Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कानूनी कारवाही गर्नुपर्ने − अध्यक्ष बञ्जारा

वीरगन्ज, ३१ वैशाख ।
सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कानूनी कारवाही गर्नुपर्ने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले माग गरेका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित भेलामा अध्यक्ष बञ्जाराले अन्तर्वाताको विषयलाई लिएर वीरगन्ज स्थित एभिन्यूज टेलिभिजनको वीरगन्ज स्थित व्यूरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताहरुले गरेको तोडफोड निन्दनीय रहेको बताए । पर्सेली सञ्चारकर्मीहरुको भेलामा बोल्दै कुनै पनि बहानामा सञ्चार जगत तथा सञ्चारकर्मीहरुमाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका हुन् ।
सञ्चारगृहमाथि भएको आक्रमणमा वीरगन्ज महानगरपालिका – १३ का वडाध्यक्ष तुफान अन्सारी सहित समाजवादी पार्टीका कार्यकर्ताहरुको संलग्नता रहेको उनले भने एभिन्यूज टेलिभिजनसँग रहेको भिडियोमा देखिएको र तिनीहरु विरुद्ध किटानी उजुरी समेत दिइसकेको अवस्थामा प्रहरी प्रशासनबाट अहिलेसम्म कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढेको भन्दै तिनीहरुलाई कारवाही गराउनका निम्ति पर्सेली पत्रकारहरु एक ढिक्का भई प्रशासनलाई दबाब दिनुपर्ने बताए ।
यसैगरि उपाध्यक्ष अनुप तिवारीले सञ्चारकर्मीहरुबीच नै एकता नभएको कारण यहाँका सञ्चारगृह तथा सञ्चारकर्मीहरु पटक पटक आक्रमणको शिकार हुनुपरेको बताए । उनले विभिन्न सञ्चारगृहसँग आबद्ध सञ्चारकर्मीहरु कुनै न कुनै पार्टी सम्बद्ध संघ सँस्थामा आबद्ध रहेकोले पनि सञ्चारकर्मीहरुबीच नै दुरी बढेको कारण जो सुकैले पनि आएर आफू विरुद्ध समाचार लेखेको निहुँमा कुटपिट गरेर कानूनी कारवाहीबाट उम्कि रहेको अवस्थामा दोषीलाई कारवाही गराउन सम्पूर्ण सञ्चारकर्मीहरु एकजुट हुनुको विकल्प नरहेको बताए ।
यसरी नै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले सञ्चार विरोधी विद्येयक संसदमा विचाराधीन रहेको अवस्थामा वीरगन्ज स्थित एभिन्यूज टेलिभिजनको कार्यालयमा भएको तोडफोड निन्दनीय रहेको बताए । उनले अन्तर्वाताको विषयमा उत्पन्न समस्यालाई अन्तर्वाताबाटै समाधान गर्नुपर्ने थियो तर जसरी आफ्नो पार्टीका केन्द्रिय नेतालाई अन्तर्वातामा बोलाएर अपमान गर्यो भनेर सञ्चारगृहमाथि भएको आक्रमणलाई नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिको समेत गम्भिर ध्यानाकर्षण भएको भन्दै दोषीलाई चाँडो भन्दा चाँडो कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार हकहितको लागि गर्ने हरेक कार्यक्रममा प्रदेश २ कार्य समितिको एक्यबद्धता रहने बताए ।
आन्दोलनको स्वरुपका बारेमा बुधबार अझै ब्यापक छलफल र परामर्श गरि अघि बढ्ने छलफलमा सहमति भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा आयोजित भेलामा महासंघका प्रदेश सदस्य जगत राई, अनुप तिवारी, मनोज पटेल, राम सर्राफ, बिजय भण्डारी, बिजय महतो, शेखर छतकुल्ली, आशिक अन्सारी, क्रान्ति साह, हरिशंकर शर्मा, लगायतले आ—आफ्नो सुझाव राखेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...