Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

एभिन्युजको वीरगंज कार्यालयमा तोडफोड गर्नेलाई महासंघद्वारा कारवाहीको मांग

spot_img
spot_img

वीरगंज, ३० बैशाख ।
एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालयमा प्रतिशोधपूर्ण रुपमा गरिएको तोडफोड प्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले एक प्रेस विज्ञप्ती जारी गर्दै लोकतन्त्रमाथि बिश्वास राख्ने समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले संचारसंस्थामा तोडफोड गरेर लोकतन्त्र प्रतिको आस्था माथिको समेत प्रश्न चिन्ह खडा गरेको वताएको छ । लोकतान्त्रिक बिधि र पद्दतीको उपहास हुने गरी हिंसायुक्त संस्कृतिलाई प्रश्रय दिने नियतका साथ गरिएको यस्तो क्रियाकलापको नेपाल पत्रकार महासंघ पर्सा शाखा घोर निन्दा गर्छ ।

कुनै एउटा घटना विशेषलाई आधार बनाएर संचार संस्थाहरुमा भौतिक हमला गरिनु भनेको समाजवादी पार्टीको सञ्चारलाई हेर्ने दृष्टिकोण दर्शाएको छ । संचारको आलोचनात्मक प्रस्तुतीलाई नियतवस संकुचन गर्ने अप्रजातान्त्रिक र अमर्या्दित काममा उक्त पार्टीका कार्यकर्ताहरुको संलग्नता हुनुले लोकतान्त्रिक मुल्य र मान्यता एवं स्वतन्त्र प्रेस माथि समेत प्रहार भएको महासंघ पर्साको ठहर छ । त्यसैले हिंसा र अराजकतालाई बढावा दिने संस्कृतिलाई बढ्न नदिन तोडफोडको घटनामा संलग्नलाई तुरुन्त कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसंग जोडदार माग पनि गरेको छ ।

वीरगन्जको श्रीपुर स्थित रहेको एभिन्युज टेलिभिजनको ब्यूरो कार्यालयमा सोमबार दिउसो समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका छन । सोमबार दिउसो साढे १२ बजेको समयमा ५–६ जनाको समुहमा आएका समाजवादी पार्टीका कार्यकर्ताहरुले कार्यालय तोडफोड गरेका हुन ।

उनीहरूले कार्यालय बाहिर रहेको टिभीको होर्डिंग बोर्ड च्यातेर फाल्नुका साथै भित्र पसेर स्टुडियो र रिसेप्सनको सिसा समेत फुटाएको एभिन्युजका पर्साका सम्वाददाता हरिशंकर शर्माले वताए । ‘हामी कार्यालय भित्र काम गरिरहेका थियौ, एक्कासी ५–६ जनाको समुहमा आएका कार्यकर्ताले अफिस तोडफोड गर्न थाले’, शर्माले भने,‘ तोडफोड गर्नेहरूको भिडियो लिन थालेपछि क्यामरा म्यान जाकिर हुसैनलाई दुर्व्यवहार गर्दै क्यामरा समेत फुटाएर क्षति पुर्याए ।’ तोफोड गर्नेहरूको पहिचान भइसकेको शर्माले बताए ।

तत्कालिन संघीय समाजवादी पार्टीका वीरगन्ज महानगरपालिकाको–१२ का वडाध्यक्ष तुफान अन्सारीको नेतृत्वमा आएका कार्यकर्ताले तोडफोड गरेको भिडियो कैद भएको छ । वडाध्यक्ष अन्सारी एभिन्युज ब्यूरो कार्यालयको मुल गेटमा उभिएका छन् । उनका साथ आएका कार्यकर्ताले कार्यालयमा तोडफोड गरि बाहिर निस्केर उनीसँग उभिएको भिडियोमा प्रस्ट देखिन्छ शर्माले भने ।
कार्यालय भित्र तोडफोड गर्ने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदिप यादवका स्वकीय सचिव निखिल बर्णवाल, समाजवादिका युवा कार्यकर्ता दिपराज बर्मा, नुर आलम मियाँको भिडियो मार्फत नै पहिचान खुलेको एभिन्युज टिभीका ब्यूरो प्रमुख राजु श्रेष्ठले बताए ।

घटना लगत्तै पर्साका प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टराई र प्रहरी प्रमुख रेवती ढकाल घटना स्थल पुगेर स्थलगत निरीक्षण गर्दै घटनामा सलग्न दोषीलाई कुनै पनि हालतमा नछाडिने प्रतिवद्धता जनाए ।

काठमाडौँमा रहेको एभिन्यूज टेलिभजिनबाट आइतबार साँझ प्रसारित समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ताको विषयलाई लिएर वीरगन्जस्थित ब्यूरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गर्नु अत्यन्तै निन्दनीय घटना रहेको नेपाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्र चौहानले बताए ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए ।
सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगन्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...