Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

छिपहरमाईमा झुडिएर २ युवतीको मृत्यु

spot_img
spot_img

वीरगंज, ३० बैशाख ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ३, जयमांगलापुरमा आइतबार एक युवतीले पासो लगाई आत्म हत्या गरिकी छिन । जयमांगलापुर निवासी रमेश मुखिया बिनको श्रीमती अं. बर्ष २२ की बिन्दी देवी मुखियाले घरमा कोही नभएको अवस्थामा आफ्नो सुत्ने कोठाको सिलिङ फ्यानमा झुण्डीएर आत्म हत्या गरेकी प्रहरीले जनाएको छ ।

आत्म हत्याको खबर प्राप्त साथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट टोली खटि गई लासको पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाईएको र घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रका पोखरियाका प्रहरी निरिक्षक मछ्रिन्द्र केसीले वताए ।

मृतकका ससुरा अमिरी मुखिया विन र श्रीमान आइतबार वीरगंजमा रहेका थिए । मृतकी माइती भारतको बेतियामा रहेको छ ।

यता सोमबार विहान पनि छिपहरमाई गाउँपालिकामा एक युवती पासो लगाई आत्म हत्या गरेकी छिन । छिपरहमाईको वडा नं. २ निवासी विलास महतोकी श्रीमती बर्ष २० की सन्तोषी महतोले आफ्नै घर पछाडीको अम्बारको रुखमा रातो सुतिको साडीको पासो लगाई झुण्डी मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा इप्रका पोखरियाबाट प्रहरी टोली खटि गई शव पोष्ट मार्टमको लागि नारायण अस्पताल वीरगंजमा पठाउने कार्य गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...