Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

बहुदरमाईमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगन्ज, २८ वैशाख ।
स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगन्जको आयोजनामा बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरियामा महिलाहरुमा हुने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

- Advertisement -

गम्हरिया स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले यस शिविरबाट महिलाहरुले बढि भन्दा बढि लाभ उठाउनुपर्ने बताए ।

ग्रामीण भेगका महिलाहरु आफूलाई भएको रोगलाई खुलेर बताउन नचाहने र टाढा सदरमुकाम सम्म चेकजाँच गराउन जान अल्छि मान्ने गरेको कारण ग्रामीण भेगका महिलाहरुमा विभिन्न प्रकारको रोग लाग्ने गरेको भएकोले यहाँ घरसम्मै चिकित्सकलाई बोलाएर ल्याई आयोजित यस निःशुल्क स्वास्थ्य शिविरबाट लाज नमानीकन ढुक्क भएर चेकजाँच गराउन आग्रह गरे ।

यसैगरि कार्यक्रममा सद्भावना पार्टीका नेता नेजामुद्दिन समानी, शिव पटेल, समाजसेवी मुकेश सरावगी लगायतले ग्रामीण भेगका महिलाहरु खास गरेर गर्भवती भएको बेला आर्थिक अभाव तथा लाज मानी चेकजाँच नगराउने गरेको कारण गर्भवती महिलाबाट हुने बच्चापनि स्वस्थ्य नजन्मने भएकोले यस स्वास्थ्य शिविरबाट बढि भन्दा बढि महिलाहरुले लाभ उठाउनुपर्ने बताए ।

महिलाहरुमा हुने रोग, बाझपन, निःसन्तान, सेतो पानी बग्ने, पाठेघरमा समस्या, महिनावारीमा गडबडी, लिकोरिया लगायतका रोगका विरामीहरुलाई स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. स्वेता चौधरी कर्णले चेकजाँच गरेकी थिइन् ।

स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा आयोजित उक्त स्वास्थ्य शिविरमा करिब २ सय जना महिलाहरुले आ आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए ।

कार्यक्रमलाई समाजका महासचिव दिपक साह कानुले संचालन गरेका थिए । शिविरमा चेकजाँच गरिएको महिलाहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो भने जोटा हेल्थ केयर ५० प्रतिशत औषधी निःशुल्क उपलब्ध गराएको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...