Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बहुदरमाईमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगन्ज, २८ वैशाख ।
स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगन्जको आयोजनामा बहुदरमाई नगरपालिका वडा नं. ६ गम्हरियामा महिलाहरुमा हुने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गम्हरिया स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहले यस शिविरबाट महिलाहरुले बढि भन्दा बढि लाभ उठाउनुपर्ने बताए ।

ग्रामीण भेगका महिलाहरु आफूलाई भएको रोगलाई खुलेर बताउन नचाहने र टाढा सदरमुकाम सम्म चेकजाँच गराउन जान अल्छि मान्ने गरेको कारण ग्रामीण भेगका महिलाहरुमा विभिन्न प्रकारको रोग लाग्ने गरेको भएकोले यहाँ घरसम्मै चिकित्सकलाई बोलाएर ल्याई आयोजित यस निःशुल्क स्वास्थ्य शिविरबाट लाज नमानीकन ढुक्क भएर चेकजाँच गराउन आग्रह गरे ।

यसैगरि कार्यक्रममा सद्भावना पार्टीका नेता नेजामुद्दिन समानी, शिव पटेल, समाजसेवी मुकेश सरावगी लगायतले ग्रामीण भेगका महिलाहरु खास गरेर गर्भवती भएको बेला आर्थिक अभाव तथा लाज मानी चेकजाँच नगराउने गरेको कारण गर्भवती महिलाबाट हुने बच्चापनि स्वस्थ्य नजन्मने भएकोले यस स्वास्थ्य शिविरबाट बढि भन्दा बढि महिलाहरुले लाभ उठाउनुपर्ने बताए ।

महिलाहरुमा हुने रोग, बाझपन, निःसन्तान, सेतो पानी बग्ने, पाठेघरमा समस्या, महिनावारीमा गडबडी, लिकोरिया लगायतका रोगका विरामीहरुलाई स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. स्वेता चौधरी कर्णले चेकजाँच गरेकी थिइन् ।

स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा आयोजित उक्त स्वास्थ्य शिविरमा करिब २ सय जना महिलाहरुले आ आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए ।

कार्यक्रमलाई समाजका महासचिव दिपक साह कानुले संचालन गरेका थिए । शिविरमा चेकजाँच गरिएको महिलाहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो भने जोटा हेल्थ केयर ५० प्रतिशत औषधी निःशुल्क उपलब्ध गराएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...