Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

भिष्वाको शैक्षिक सेमिनारमा परामर्श लिन विधार्थीहरुको भिड

spot_img
spot_img

बीरगन्ज : भारतमा उच्च शिक्षा आर्जनकालागि जाने नेपाली विधार्थीहरुको सहजताकालागि बीरगन्जमा आयोजित एजुकेशन सेमिनारमा परामर्श लिन उल्लेखनिय संख्यामा विधार्थीहरु सहभागिता जनाएका छन् । कृष्ण फाउन्डेशनको सहकार्यमा बीरगन्जको होटल भिष्वामा आयोजन गरिएको दुईदिने करियर काउन्सिलिá सेमिनारमा बीरगन्जको विभिन्न कलेज, स्कुलका विधार्थीहरु सहभागि भएका थिए ।

शनिवार पहिलो दिन १ हजार भन्दा बढी विधार्थीहरुले उच्च शिक्षाका लागि भारतको विभिन्न प्रख्यात कलेज तथा विश्व विधालयको स्टलमा परामर्श लिएको कृष्ण फाउण्डेशनका सुजित कुमार कर्णले बताउनु भयो । भारत सरकारबाट मान्यता प्राप्त विभन्न उच्च शिक्षाका कोष संचालन गर्ने कलेजहरुको सेमिनारमा सहभागिता रहेको कर्णले बताउनु भयो ।

कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर , जैन युनिभर्सिटी बेंगलोर , बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर ,एसआरएम युनिभर्सिटी चेन्नाई ,केआइआइटी भुवनेश्वर , सारदा इन्र्भसिटी दिल्ली , गलगोटिया इन्र्भसिटी दिल्ली , आदित्य इन्जीनियरिá कलेज कोकिनाडा , नागार्जुन कलेज आफं इन्जिनियरिá बैन्गलोर लगायतका शैक्षिक संस्थानको स्टाल तथा प्रतिनिधीले विधार्थीहरुलाई परामर्शका साथै उनीहरुको जिज्ञासा मेटाएका थिए ।

सेमिनारको अन्तिम दिन आइतवार अझै भिड हुन सक्ने आकलन गर्दै आयोजकले जनाएका छन् । पल्स टुको परिक्षा सकिएर बसेका विधार्थीहरकोलागि यस्ता शिक्षा मेलाले अगाडी योजनाबारे मद्दत पुगने सेमिनारका संयोजक सुजित कुमार कर्णले बताउनु भयो । यस्ता परामर्शले विधार्थीहरु कुनै प्रकारको जोखिममा समेत नपर्ने कर्णले बताउनु भयो । दुई दिने शैक्षिक मेलामा बारा पर्सा , रौतहट लगायत मध्यतराईका विधार्थीहरु बढि लाभान्वित भइरहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...