Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

भिष्वाको शैक्षिक सेमिनारमा परामर्श लिन विधार्थीहरुको भिड

spot_img
spot_img

बीरगन्ज : भारतमा उच्च शिक्षा आर्जनकालागि जाने नेपाली विधार्थीहरुको सहजताकालागि बीरगन्जमा आयोजित एजुकेशन सेमिनारमा परामर्श लिन उल्लेखनिय संख्यामा विधार्थीहरु सहभागिता जनाएका छन् । कृष्ण फाउन्डेशनको सहकार्यमा बीरगन्जको होटल भिष्वामा आयोजन गरिएको दुईदिने करियर काउन्सिलिá सेमिनारमा बीरगन्जको विभिन्न कलेज, स्कुलका विधार्थीहरु सहभागि भएका थिए ।

शनिवार पहिलो दिन १ हजार भन्दा बढी विधार्थीहरुले उच्च शिक्षाका लागि भारतको विभिन्न प्रख्यात कलेज तथा विश्व विधालयको स्टलमा परामर्श लिएको कृष्ण फाउण्डेशनका सुजित कुमार कर्णले बताउनु भयो । भारत सरकारबाट मान्यता प्राप्त विभन्न उच्च शिक्षाका कोष संचालन गर्ने कलेजहरुको सेमिनारमा सहभागिता रहेको कर्णले बताउनु भयो ।

कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर , जैन युनिभर्सिटी बेंगलोर , बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर ,एसआरएम युनिभर्सिटी चेन्नाई ,केआइआइटी भुवनेश्वर , सारदा इन्र्भसिटी दिल्ली , गलगोटिया इन्र्भसिटी दिल्ली , आदित्य इन्जीनियरिá कलेज कोकिनाडा , नागार्जुन कलेज आफं इन्जिनियरिá बैन्गलोर लगायतका शैक्षिक संस्थानको स्टाल तथा प्रतिनिधीले विधार्थीहरुलाई परामर्शका साथै उनीहरुको जिज्ञासा मेटाएका थिए ।

सेमिनारको अन्तिम दिन आइतवार अझै भिड हुन सक्ने आकलन गर्दै आयोजकले जनाएका छन् । पल्स टुको परिक्षा सकिएर बसेका विधार्थीहरकोलागि यस्ता शिक्षा मेलाले अगाडी योजनाबारे मद्दत पुगने सेमिनारका संयोजक सुजित कुमार कर्णले बताउनु भयो । यस्ता परामर्शले विधार्थीहरु कुनै प्रकारको जोखिममा समेत नपर्ने कर्णले बताउनु भयो । दुई दिने शैक्षिक मेलामा बारा पर्सा , रौतहट लगायत मध्यतराईका विधार्थीहरु बढि लाभान्वित भइरहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...