Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

महानगरपालिका र विद्युत प्राधिकरणको लापरवाहिले छपकैयाबासी पिडित

spot_img
spot_img

वीरगंज, २८ बैशाख ।
वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैया तुथबारी टोलवासी बिगत ४ वर्ष देखि विजुली, नाला तथा बाटोको समस्या खेप्दै आएका छन । छपकैया वासीले समस्या बारे महानगरपालिका कार्यालय र विद्युत प्राधिकरण वीरगंज शाखालाई लिखित र मौखिक जाकारी गराउदा केही नगरेको आरोप लगाएका छन ।

टोलमै शनिवार बसेको स्थानियबासीहरुको बैठकले बिगत ४ वर्ष देखि समस्या समाधानको लागि वीरगंज महानगरपालिका कार्यालय र नेपाल विद्युत प्रधाकिरण पर्सालाई बारम्बार ताकेता गर्दा पनि कुनै वास्ता नगरेको आरोप लगाए हुन । सो टोलमा बाटो एकदमै सांगुरो र नाला समेत नभएकोले आपत्तविपत्त पर्दा एम्बुलेन्स र वारुण यन्त्र समेत जाने बाटो नभएको टोल वासीहरुले वताएका छन् ।

वीरगंज महानगरपालिका कार्यालय र वडा कार्यालयमा स्थानियबासीहरुले बारम्बार बाटो निर्माणको लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराए पनि हाल सम्म सुनवाई नभएको स्थानिय समिना खातुनले गुनासो गरिन ।

साथै सो टोलमा बिगत ४ वर्ष देखि विजुलीको पोल भए पनि तार जडान नभएको तथा केहि पोलहरुमा तार जडान भए पनि तार बाटोमै झुण्डिएकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने डरले टोलवासी चिन्तित बनेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...