Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026

ऋणको पैसा नदिएको निहुमा साहुले ऋणिकी श्रीमती र छोरीलाई कुटपिट गर्दै घरमा लगेर थुने

spot_img
spot_img

वीरगञ्ज, २७ बैशाख ।
पर्साको धोबिनी गाउँपालिकाको वडा नं. ५, जगरनाथपुरमा ऋणको पैसा समयमा फिर्ता नगरेको निहुमा साहुले ऋणिकी श्रीमती र छोरीलाई कुटपिट गर्दै घरमा लगेर थुनेको घटना सार्वजनिक भएको छ । स्थानिय ऋणि समसुल हककी ४५ बर्षिय श्रीमती रहम्बानी खातुन र १६ बर्षिय छोरीलाई सो ठाउँ निवासी साहु ६० बर्षिय सौखत देवान सहित निजका छोरा बर्ष ३५ का फिरोज देवान, बर्ष २५ का अफरोज देवान र सफरोज देवानले कुटपिट गर्दै दुव्र्यवहार गरेका छन ।

घरमा बसी रहेको अवस्थामा बिहिबार विहान ८ बजे एक्कासी घरमा पुगेका साहु सौखत सहित निजका ३ जना छोराहरुले श्रीमती र छोरीलाई कुटपिट गर्दै आफ्नो घरमा लगी थुनेको पीडित समसुलले वताए । साहु सौखत र निजका छोराहरुले म सहित छोरी र श्रीमतीलाई कुटपिट गर्दै आफ्नो घरमा लगि एक घण्टा जती थुने पछि इलाका प्रहरी कार्यालय लंगडीबाट पुगेको प्रहरी टोलीले उद्दार गरेको उनले वताए । प्रहरीले साहुको घरबाट श्रीमती र छोरीलाई उद्दार गरे पनि दोषीलाई पक्राउ गर्नु पर्नेमा उल्टै मलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा लगेको पिडित समसुलले सुनाए । पछि मलाई छोडेको उनले वताए ।

कुटपिटबाट घाइते भएकी पिडित समसुलको श्रीमती रहम्बानी र छोरीको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । रहम्बानीको शरिरको अधिकांश भागमा गम्भीर चोटपटक लागेको छ भने छोरीको शरिरको केही भागमा नंग र दांतले काटिएको चिन्ह देखिएको छ । समसुलले ५ कट्ठा खेत धरौटी राखी ४ साल पहिला सौखत संग एक लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको व्याज वापत सौखतले समसुलको ५ कट्ठा खेत उपभोग गर्दै आएका छन ।

सौखतले एक लाख समसुललाई ऋण दिएका छन भने ४ लाख ५० हजारको तमसुक गराएका छन । ऋणको रुपैयाँ समसुलले समयमा फिर्ता नगरे भन्दै साहु सौखत जिल्ला अदालत पर्सामा मुद्दा पनि दिएका छन । मुद्दा अहिले विचारधिन अवस्थामा रहेको छ ।

यस बिषयमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केसी संग बुझदा पैसाको बिषयमा समान्य झैझगडा भएको वताए । घाइतहरुको बारेमा बुझदा समान्य उपचार पछि अस्पतालबाट डिस्चार्ज भईसकेको वताए । केसीले शनिबार तिनिहरुलाई थानामा पठाईदिन भने । कुटपिट तथा दुव्र्यहार गर्ने पक्राउको सम्बन्धमा बुझदा २/३ जना पक्राउ परेको वताए तर तिनिहरुको नाम खुलाएन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘सेवाग्राहीले अख्तियार दुरुपयोग गर्न सक्दैन’ : मेयरका स्वकीय सचिव

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दालाई लिएर उनका स्वकीय सचिव सत्यराज घिमिरेले आपत्ति...

नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालयबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताले...

हिमालयन डिस्टिलरीद्वारा परवानीपुर स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर स्वास्थ्य चौकीलाई हिमालयन डिस्टिलरी लिमिटेडले ११ लाख ५० हजार रुपैयाँ बराबरको अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग...