Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेपाली विधार्थीहरुको सहजताका लागि एजुकेशन सेमिनार

spot_img
spot_img

बीरगन्ज, २७ बैशाख ।

भारतमा उच्च शिक्षा आर्जनका लागि जाने नेपाली विधार्थीहरुको सहजताकालागि बीरगन्जमा एजुकेशन सेमिनार आयोजना भइरहेको छ । नेपाली विधार्थीहरुको सहजताकोलागि कृष्ण फाउन्डेशनको सहकार्यमा बिरगंजमा दुईदिने करियर काउन्सिलिको आयोजना गरिएको छ । कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर, जैन युनिभर्सिटी बेंगलोर, बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर, एसआरएम युनिभर्सिटी चेन्नाई र कृष्णा फाउन्डेशनका प्रतिनिधिहरूले मे ११ र १२ तारिखमा बिरगंजको भिस्वा होटेलमा परामर्श प्रदान गरिने छ । राजधानीको नयां बानेश्वर अवस्थित कृष्णा फाउन्डेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ ।

कृष्णा फाउन्डेशनका फाउण्डर सन्तोष कुमार चौधरीले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थी हरूलाई बढी भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने उदेश्यले कृष्णा फाउन्डेशनले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । कृष्णा फाउन्डेशनकाफाउण्डर सन्तोष कुमार चौधरी ले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थी हरू लाई बढी भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने उदेश्यले कृष्णा फाउन्डेशनले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा भी आइटि युनिभर्सिटी भेल्लोर का प्रतिनिधिले नेपाली बिधार्थी हरूको उत्कृष्ट नतिजा आएको र नेपाली बिधार्थी हरूले भी आइटि युनिभर्सिटी मनपराएकै कारण यस बर्ष पनि बिधार्थी हरू लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिनुभयो ।

त्यस्तै जैन युनिभर्सिटी बेङ्गलोरकाप्रतिनिधिले जैन युनिभर्सिटी, जैन युनिभर्सिटीको शैक्षिक प्रणाली र नेपाली बिधार्थीहरू यस युनिभर्सिटीमा रहेको उपस्थिति का बारेमा जानकारी गराउनुभयो ।

एसआरएम युनिभर्सिटी चेन्नाई की प्रतिनिधिले आफ्नो शैक्षिकसंस्था लाई बिगतका दिनमा अध्यनमा गएका बिधार्थीहरूले बिश्वास गरेको र देश(बिदेशमा प्रतिष्ठीत स्थानमा काम गरी नेतृत्व बिकास गर्दै बिश्वबिद्यालय नाम उच्च राखेको जानकारी दिनुभयो । नेपाली बिधार्थी हरू लाई सहजै यात्रा गर्न सकिने, बिश्वस्तरिय गुणस्तरीय शिक्षा र व्यावसायिक शिक्षाका लागि भारत नजिकको शैक्षिक गन्तब्यको रुपमा चिनिएको छ ।

शिक्षण प्रणाली, जिबन उपयोगी, शीप र दक्षताले भरिपुर्ण भएकाले नेपाली बिधार्थीहरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि बिधार्थीहरू भारत जाने गरेका छन् । कला, संस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिधार्थी हरू भारतीय शैक्षिक संस्थाहरुप्रती आकषिर्त भएका हुन । होटल भिष्वामा आयोजन हुन लागेको दुई दिने शैक्षिक मेलामा बारा पर्सा , रौतहट लगायत मध्यतराईका विधार्थीहरु बढि लाभान्वित हुने छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...