Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पटेर्वा सुगैलीको न्यायिक समितिमा दर्ता भएको सबै मुद्दामा कार्वाही

spot_img
spot_img

वीरगञ्ज, २७ बैशाख ।
पटेर्वा सुगैली गाउँपालिकाको न्यायिक समितिमा यस आर्थिक बर्षमा दर्ता भएको सबै मुद्दामा कर्वाही भएको छ । इजलाशको माध्यमले आर्थिक बर्ष २०७५/०७६ मा हाल सम्म न्यायिक समितिमा दर्ता भएको ९५ ओटा मुद्दामा कर्वाही भएको न्यायीक समितिकी संयोजक समेत रहेकी पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले वताईन ।

न्यायिक समितिको इजलाशले न्यायीक समितिमा दर्ता भएको जग्गा सम्बन्धि ५२ ओटा मुद्दा मध्ये २७ ओटा मिलापत्र, २३ ओटा नाप नक्सा गर्न आदेश गरेको र ४ ओटा अंश मद्दा रहेको उनले वताईन । न्यायीक समितिमा परेको १८ ओटा झै–झगडा लुटपिट, गली बैइज्जत सम्बन्धि मुद्दा मध्ये १० ओटा मिलापत्र, ४ ओटा निर्णय र ४ ओटा तारेख/पेशीमा रहेको छ ।

यस्तै यस बर्ष न्यायीक समितिमा २ ओटा पति–पत्नी बिच सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता भएको थियो । उनले भनिन ‘सम्बन्ध विच्छेदको मुद्दामा दुबै पक्ष बिच सहमती गराइएको हो’ । यस्तै पैसा लेनदेन सम्बन्धि १७ ओटा मुद्दा न्यायिक समितिमा दर्ता भएकोमा ९ ओटा मिलापत्र र ८ ओटाको समय तोकी आदेश भएको न्यायी समिति शाखाले जनाएको छ ।

न्यायीक समितिमा बैदेशिक रोजगार सम्बन्धि पनि २ ओटा मुद्दा दर्ता भए पनि स्थानिय सरकार संचालन ऐन २००४ को दफा ४७(१) तथा दफा ४७(२) वमोजिम दिएको अधिकार क्षेत्र भन्दा वाहिरको मुद्दा रहेकोले सम्बन्धि निकायमा पठाइएको न्यायीक समितिकी संयोजक महतोले वताईन ।

यस्तै जनता आवास सम्बन्धि २ ओटा र बाध पैनी सम्बन्धि दर्ता एक ओटा मुद्दा निर्णय भएको र पशुपंक्षी तथा चल्ला सम्बन्धी दर्ता भएको २ ओटा मुद्दा निर्णय भएको उनले जानकारी गराईन । गाउँपालिकाको हरेक वडामा मेलमिलाप केन्द्र स्थापना भएको छ । ३÷३ जना मेलमिलापकर्ता रहेको केन्द्रमा प्राय मुद्दाहरु पठाई पनि समाधान गर्ने गरिएको महतोले वताईन ।

न्यायीक समितिमा पहिला भन्दा अहिले मुद्दाको संख्यामा वृद्धि भएको छ । मुद्दाको संख्यामा वृद्धि भए पछि सात दिनमा एक पटक लाग्दै आएको न्यायीक समितिको इजलशा अहिले आएर ३ दिनमा लग्दै आएको प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले वताए । ३ सदस्यि रहेको न्यायिक समितिमा एक जना कानुनी सल्लाहकार पनि रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...