Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

हुरी पीडितलाई दाल चामल सहयोग

spot_img
spot_img

वीरगंज : भूमरीसहितको हावाहुरीबाट प्रभावित भएका बाराको फेटा गाउँपालिकाका पीडित परिवारलाई विभिन्न संस्थाले संयुक्त रुपमा सोमबार खाद्यान्न उपलब्ध गराइएको छ ।

थ्रङ्गु टासी चोइलिङ मन्टेश्वरी बुद्ध र थ्रङ्गु फेन्डे क्लिनिकको पहलमा फेटा गाउँपालिकाको भलुही भरवलियाका प्रभावित ५ सय ५० परिवारलाई दैनिक उपभोग्य सामग्री दाल र चामल उपलब्ध गराइएको हो ।

दाल चामल खरिदका लागि संस्थालाई हङकङ बुद्धिष्ट कम्प्यासन च्यारिटी फाउण्डेशन र थङ्गु बज्रयाना बुद्धिष्ट सेन्टरले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

हावाहुरीबाट बढी प्रभावित भएकाहरुको पहिचान गरी आवश्यक खाद्यान्न उपलब्ध गराएको थ्रङ्गु फेण्डे क्लिनिकका डाइरेक्टर वाङचुक राप्तेन लामाले बताउनुभयो ।

प्रत्येक परिवारलाई २५ किलो चामल र १० किलो दाल उपलब्ध गराइएको पनि क्लिनिकका डाइरेक्टर लामाले जानकारी दिनुभयो । लामा लामो समयदेखि समाजिकसेवा तथा विपत्तिमा परेकाहरुको सहयोगमा संलग्न हुँदै आउनुभएको छ ।

गएको चैत १७ गते आएको हावाहुरीले बारा पर्सामा २९ जनाको ज्यान लिएको थियो भने झण्डै २५ सय घरमा क्षति पुर्याएको थियो । हावाहुरीबाट बाराको फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो ।

कार्यक्रममा संस्था का सचिव सन्डुव लामा र लक्प टासी लामा लगाएतकाकाे सहभागीता रहेकाे थियो ा

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...