Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

हावाहुरी प्रभावित बारा-पर्साको १२ ठाउँमा एकै दिन ११ मन्त्रीद्वारा घर निर्माणको शिलान्यास

spot_img
spot_img

वीरगञ्ज, २१ वैशाख ।
हावाहुरी प्रभावित बारा-पर्साकाको घर निर्माणको आज शिलान्यास गरिएको छ । हावाहुरी प्रभावित १२ ठाउँमा ११ जना मन्त्रीबाट घर निर्माणको शिलान्यास गरिएको हो । बाराको फेटा गाउँपालिका वडा नं. ६, पुरैनियामा उपप्रधान तथा रक्षामन्त्री इशवर पोखरेलले शिलान्यास गरेका छन ।

हवाहुरीबाट सब भन्दा बढी प्रभावित पुरैनियामा घर निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यस गर्न भनिए पनि उंहा नआए पछि उपप्रधानमन्त्री पोखरेलले शिलान्यास गरेका हुन । जनता आवास (बारा-पर्सा) निर्माण योजना अन्तर्गत घर निर्माणको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिइए पनि जनताको सहयोगमा घर निर्माण हुने वताए ।

बाराको फेटा गाउँपालिका ६, पुरैनिया पुगेका उपप्रधान तथा रक्षामन्त्री इशवर पोखरेल लगायतकाहरु । तस्बिर : प्रणय साह

यता उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुनले आज वीरगंज महानगरपालिकाको वडा नं. २२ जगरनाथपुरमा घर निर्माणको शिलान्यास गरेका छन ।

मन्त्री पुनले जगरनाथपुरमा हावाहुरीबाट प्रभाबितको घर निर्माणको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले हावाहुरी प्रभाबितको घर निर्माणमा सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले बर्षायाम अगावै बारा पर्साका हावाहुरी प्रभाबितले घर पाउने आश्वासन समेत दिनुभयो ।

बाराको फेटा गाउँपालिका ६, पुरैनियामा उपप्रधान तथा रक्षामन्त्री इशवर पोखरेलले शिलान्यास गर्दै । तस्बिर : प्रणय साह

यस्तै बाराको परवानीपुर ४ चैनपुरमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले, प्रसौनी गाउँपालिका ४ खुटुवामा गृह मन्त्री रामबहादुर थापा बादलले, महागढीमाई नगरपालिका ७ तेलकुवामा भुमी व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले, सुवर्ण गाउँपालिका ४ हर्दियामा भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुबिर महासेठले, पचरौता नगरपालिका ७ बेनौलीमा संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले, फेटा गाउँपालिका ४ भरवलियामा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले, फेटा गाउँपालिका ४ भलुवहीमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले घर निर्माणको शिलान्यास गरेका छन ।

यस्तै पर्साको वीरगंज महानगरपालिका २२, उदयपुरघुर्मीमा खानेपानी मन्त्री विना मगरले घर निर्माणको शिलान्यस गरेका छिन भने कलैया उप महानगरपालिकाको १३ छोटकी फुलवरियमा र देवताल गाउँपालिका ७ रामपुरवामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...