Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

श्रीमतीको विमाबाट पाएको रकम सहि कामका लागि सदुपयोग गर्न आग्रह ःमहाप्रबन्धक सिंह

spot_img
spot_img

वीरगंज २० बैशाख
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्सा शाखाले बीमितका परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बाराको सुवर्ण  गाउँपालिका ३ कवही गोठकी ३३ बर्षिय ललिता देवीको परिवारलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
बाराको सुवर्ण  गाउँपालिका ३ कवही गोठकी ३३ बर्षिय ललिता देवीको अचानक पेटमा दर्द भएपछि उपचारका लागि नजिकै रहेको कवही सामुदाहिक अस्पतालमा लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।
ललिता देवीको मृत्यु भएको दुई साता नवित्दै आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी बिमितका श्रीमान काशिलाल राउत यादवलाई कम्पनीका सहायक महाप्रबन्धक आशिष सिंहलाई कार्यक्रमको आयोजना गरी ३ लाखको चेक हस्तान्तरण गरेका हुन ।
मृत्यु दावी रकम पाएपछि मृतका श्रीमान् काशिलालले प्राप्त रकमलाई छोरा छोरीको शिक्षा दिक्षामा खर्च गर्ने बताए । उनले भने, आफू त एक अक्षर पढेलेखेका छैन्, नपढेका कारण दैनिक जीवन विताउन कठिनाई भईरहेको छ, आफूले भोग्दै आएको कठिनाई भविष्यमा आफना छोरा छोरीले भोग्नु नपरोस भन्ने सोच बनाएकोले पाएको रकम छोरा छोरीको शिक्षा दिक्षामा नै खर्च गर्ने छु ।
कार्यक्रममा सहायक महाप्रबन्धक सिंहले श्रीमती गुमाएको परिवार प्रति सम्बेदना व्यक्त गर्दै विमाबाट पाएको रकम सहि कामका लागि सदुपयोग गर्न आग्रह गरेका थिए । उनले भने, मानिसको जीवन मरनको कुनै निश्चित हुदैन अभिभावक गुमेमा कति पिठा हुन्छ, हामी बुझेका छौ, त्यसैले आफनो परिवारको भविष्यको लागि भएपनि प्रत्येक परिवारले बीमा गर्नुपर्छ ।
बीमाको विषयमा धेरै भ्रमको खेती हुने गरेको छ, तर अहिले भ्रमलाई चिर्न आवश्यक रहेको औल्याउँदै सहायक महाप्रबन्धक सिंहले भने, ग्रामीण भेगमा बीमा गर्न’ भनेको काल निम्त्याउन’ जस्तो भएको भन्ने गलत बुझाई रहेकोले बीमाले भवितव्य भए परिवारलाई राहत मिल्ने, नभए बचतको रुपमा लिनुपर्छ । कार्यक्रममा शाखाका लेखापाल राहुल सोनी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...