Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

श्रीमतीको विमाबाट पाएको रकम सहि कामका लागि सदुपयोग गर्न आग्रह ःमहाप्रबन्धक सिंह

spot_img
spot_img

वीरगंज २० बैशाख
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्सा शाखाले बीमितका परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बाराको सुवर्ण  गाउँपालिका ३ कवही गोठकी ३३ बर्षिय ललिता देवीको परिवारलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
बाराको सुवर्ण  गाउँपालिका ३ कवही गोठकी ३३ बर्षिय ललिता देवीको अचानक पेटमा दर्द भएपछि उपचारका लागि नजिकै रहेको कवही सामुदाहिक अस्पतालमा लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।
ललिता देवीको मृत्यु भएको दुई साता नवित्दै आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी बिमितका श्रीमान काशिलाल राउत यादवलाई कम्पनीका सहायक महाप्रबन्धक आशिष सिंहलाई कार्यक्रमको आयोजना गरी ३ लाखको चेक हस्तान्तरण गरेका हुन ।
मृत्यु दावी रकम पाएपछि मृतका श्रीमान् काशिलालले प्राप्त रकमलाई छोरा छोरीको शिक्षा दिक्षामा खर्च गर्ने बताए । उनले भने, आफू त एक अक्षर पढेलेखेका छैन्, नपढेका कारण दैनिक जीवन विताउन कठिनाई भईरहेको छ, आफूले भोग्दै आएको कठिनाई भविष्यमा आफना छोरा छोरीले भोग्नु नपरोस भन्ने सोच बनाएकोले पाएको रकम छोरा छोरीको शिक्षा दिक्षामा नै खर्च गर्ने छु ।
कार्यक्रममा सहायक महाप्रबन्धक सिंहले श्रीमती गुमाएको परिवार प्रति सम्बेदना व्यक्त गर्दै विमाबाट पाएको रकम सहि कामका लागि सदुपयोग गर्न आग्रह गरेका थिए । उनले भने, मानिसको जीवन मरनको कुनै निश्चित हुदैन अभिभावक गुमेमा कति पिठा हुन्छ, हामी बुझेका छौ, त्यसैले आफनो परिवारको भविष्यको लागि भएपनि प्रत्येक परिवारले बीमा गर्नुपर्छ ।
बीमाको विषयमा धेरै भ्रमको खेती हुने गरेको छ, तर अहिले भ्रमलाई चिर्न आवश्यक रहेको औल्याउँदै सहायक महाप्रबन्धक सिंहले भने, ग्रामीण भेगमा बीमा गर्न’ भनेको काल निम्त्याउन’ जस्तो भएको भन्ने गलत बुझाई रहेकोले बीमाले भवितव्य भए परिवारलाई राहत मिल्ने, नभए बचतको रुपमा लिनुपर्छ । कार्यक्रममा शाखाका लेखापाल राहुल सोनी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...