Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

१ किलो सुनसहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज,२० बैशाख ।
रौतहटमा १ किलो सुनसहित एक युवक पक्राउ परेका छन् ।रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट शुक्रबार विहान साढे ५ बजे प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक पपु नायक नेतृत्वको टोलीले चेकजाँच गर्दा ४ टुक्रा सुन लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा रहेका बताए । साहबाट बरामद पहेँलो धातु सुनचाँदी व्यवसायी संघ गरुडामा परीक्षण गर्दा सुन भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।
साहलाई राजस्व छली कारबाहीको लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पठाउने प्रहरीले जानकारी दिएको छ ।
। बरामद गरीएको सुनको मुल्य करिब ६० लाख रुपैयाँ रहेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...