Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

भोजपुरी साहित्यका भिष्मपिता पंडित मिश्रको निधन, १० बजे शव यात्रा निकालिने

spot_img
spot_img

वीरगन्ज, २० बैशाख ।
भोजपुरी साहित्यका भिष्मपिता भनेर चिनिने बरिष्ठ साहित्यकार पंडित दिपनारायण मिश्रको बिहिवार राती निधन भएको छ । वीरगन्ज ७, रामटोल निवासी ८३ बर्षिय मिश्रको राती १०३८ बजे निधन भएको हो । लामो समय देखी चिनी, दम तथा मुटु सम्बन्धि रोगबाट ग्रसित मिश्रको उनकै निवासमा निधन भएको नेपाल भोजपुरी समाज पर्साका सचिव रितु राज पटेलले वताउनु भयो ।

मिश्रलाई आजै हिन्दु धर्म अनुसार दाहसंस्कार गर्ने पटेलले जानकारी गराउनु भयो । मिश्रको शव यात्रा १० बजे निकालिने र वीरगन्जको परिक्रममा पश्चात दाहसंस्कार गरिने छोरा छ ।

मिश्रको निधन प्रति नेपाल भोजपुरी समाज, आपन वीरगंज लगायतका भोजपुरी भाषा स.ग सम्बन्धीत संस्थाहरुले गहिरो दुख व्यक्त गर्ने हार्दिक सम्वेदना तथा श्रद्धाञ्जली समेत व्यक्त गरेका छन ।

नेपालमा भोजपुरी साहित्यका अग्रणी योद्धाका रुपमा रहनु भएका मिश्र भोजपुरी पत्रिका निकाल्ने क्रममा जेल समेत जानु भएको थियो । नेपालमै पहिलो पटक वहाँले भोजपुरी साहित्यिक पत्रिका समाद निकाल्नु भएको थियो भने उपन्यास, गजल, कविता, निबन्ध, गित लगायतका क्षेत्रमा कलम चलाउनु भएका थिए । पेशाले शिक्षक रहेका वहाँले वीरगन्जको शिक्षा क्षेत्रमा ठुलो गुण लगाउनु भएको छ ।

उनका कृतिहरुमा अजुरी के फुल, उत्सर्ग, असली नेता हम कहाई निकै चर्चित भएको थिया । मिश्रद्धारा लिखित दर्जन भन्दा बढी कृतिहरु प्रकाशित रहेका छन् । भोजपुरी भाषाको सम्बर्धन प्रर्बधनको लागि पंडित मिश्रले पहिलो पटक २०२९ सालमा नेपाल भोजपुरी समाज संस्थाको स्थापना गर्नु भएको थियो ।

संस्थाको स्थापक अध्यक्ष रहनु भएको मिश्रलाई प्रज्ञा प्रतिष्ठानद्धारा प्रदान गरिने युवा साहित्य पुरस्कार प्रदान गरिएको थियो । त्यसै गरी भोजपुरी भाषाको उत्थानको लागि योगदान पु¥याएको भन्दै भोजपुरी क्षेत्रबाट प्रदान गरिने थुप्रै पुस्कारबाट वहाँ पुरस्कृत भई सक्नु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...