Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

दुई तिहाइको सरकारले प्रेस स्वतन्त्रतालाई संकुचित गर्न खोज्यो : उपाध्यक्ष लामिक्षाने

spot_img
spot_img

वीरगन्ज, २० वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंजमा प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा वीरगन्जको घण्टाघरबाट निस्केको प्रभातफेरी नगर क्षेत्रको परिक्रममा गर्दै माइस्थान पुगी कोण सभा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ उपाध्यक्ष केसी लामेछानीले हाल सम्म नेपालको पत्रकारिता इतिहासमा ३० भन्दा बढी पत्रकारहरु सहादत प्राप्त गरेको चर्चा गर्दै नेपालको पत्रकारिता नाङ्गो खुखुरीको धारमा माथी हिडने सरह रहेको वताउनु भयो ।

हालको दुई तिहाइको सरकारले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने कानुनहरु वनाउँन लागेको चर्चा गर्दै वहाँले साईवर अपराधको नाममा प्रेसलाई कन्ट्रोल गर्ने खालका कानुन बनाई प्रेस स्वतन्त्रणलाई संकुचित गर्ने काम गरीएको वताउनु भयो । वहाँले साईवर अपराधको नाममा पत्रकारलाई धरपडक गरी प्रेस माथी नै सरकारले प्रहार गरेको वताउनु भयो ।

उहांले यस्तो अवस्थामा साईवार क्राईमको धारा ४७ र धारा ४८ खारेज गर्नु पर्ने अभियानमा देशै भरीका संचरकर्मीहरु एकजुट हुनु पर्ने कुरामा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ पर्साका पर्साका सभापती श्याम बन्जाराले नेपालको सम्पुर्ण पत्रकारहरु एकजुट हुनु पर्ने तथा प्रेसलाई सरकारले नियन्त्रण गर्ने गरीरहेको प्रयासलाई निषेद पार्ने अभियानमा लाग्नु पर्ने धारण राख्नु भयो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ बिभिन्न कार्यक्रमहरु गरी मनाईदै छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...