Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

डाक्टरकी श्रीमतीले घरको ताला फटाई गरिन गृह प्रवेस, न्यायका लागी गुहार माग्दै (भिडियो सहित)

spot_img
spot_img

वीरगंज, १९ बैशाख ।
श्रीमानले अस्विकार गरेपछि श्रीमतीले तालबन्द घरको ताला फुटाई गृह प्रवेस गरेकी छिन । बीरगंज महानगरपालिका वडा नम्बर ६ निवासी डाक्टर राजेश कुमार साहको श्रीमती डा. निलम कुमारी साहलाई अस्विकार गरे पछि विहीवार माइस्थानमा रहेको तलाबन्दी घरमा हथौडाले ताला फुटाएर घर भित्र प्रबेश गरेकी छिन ।

खान लाउन नदिई सधै शारीरिक तथा मानसिक यातना दिई आफ्नो घरमा बस्न नदिई कुटपिट गरी घरवाट समेत निकाला गरी आएका आफ्नो श्रीमान् र ससुरा विरुद्ध वीरगंजकी डा. निलम कुमारी साहले न्यायका लागी अदालत संग गुहार मागेकी छिन् । वीरगंज महानगरपालिका वडा नं. ६ माईस्थान बस्दै आएकी डा. निलम साह उनका श्रीमान् राजेश कुमार साहले मानसिक यातना दिदैँ आएको भन्दै अदालतमा मुद्दा दिएकी छिन् ।

२०६९ सालमा बाराको कलैयाँ उपमहानगरपालिका वडा नं. १० मटिअर्वाका रञ्जन साहले आफ्नी छोरिको विवाह २० लाख दाईजो दिएर माईस्थान ६ बस्ने गम्भीर साहका छोरा राजेश कुमार साह संग गराएका थिए । उनका अनुसरा हिन्दु धार्मिक परम्मर अनुसार आज भन्दा ७ बर्ष अघि विवाह बन्धमा बांधिएको भए पनि बारम्बार आफुलाई घर परिवारबाट प्रताडित पारिएको आरोप लगाइन ।बुधबार नेपाली चेलीहरुको पीडालाई कम गर्न आफुले नै ताला फोरेर घर भित्र प्रबेश गरेको बताइन ।

विहे भएको एकवर्षपछि निलम साह डाक्टरी पढ्न चाईन पुगिन भने, श्रीमान् पनी चिकित्सक पढ्न बिदेशिएका थिए । विच विचमा पटक पटक आउदाँ श्रीमान्ले दाईजोको लागी दबाब दिदै आएका थिए । सोही क्रममा डाक्टरी पढाई सकाएर श्रीमान् कहाँ बस्नका लागी बारम्बार मिलापत्र गराए पनि डा.निलम साहलाई राख्न नचाहेको बताउँदै आएका छन् । अदालतबाट विभिन्न न्याय कर्मिहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय मार्फत उनको सुनवाई भइरहेको भएपनी श्रीमान्ले आफ्नो जीवन बर्वाद पार्न खोजेको आरोप लगाएकि छिन् । हाल उनि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा कार्यरत छिन् ।

यता वुवा छोराको अंशबण्डा २०७५ माघ ९ गते भएकाले ससुराले आफुले केही पनि गर्न नसक्ने जवाफ दिएको बताए । २०६९ सालमा बाराको कलैयाँ उपमहानगरपालिका वडा नं. १० मटिअर्वाका रञ्जन साहले आफ्नी छोरिको विवाह ३५ लाख दाईजो दिएर माईस्थान ६ बस्ने गम्भीर साहका छोरा राजेश कुमार साह संग गराएका थिए । उनका बाबु डाक्टर निरंजन कुमारले आफुले ३५ लाख दहेज दिएको भए पनि त्यसले नपुगेर पुन गाडी चाहियो भनेर माग भयो अव म कहांबाट दिउँ भनी प्रतिक्रिया दिए ।

केही साता अगाडी मात्रै डा. एसएन यादवले आफ्नो जेठी श्रीमतिलाई यातना दिदैँ उपचारको क्रममा मृत्यु भएको खबर सेलाउन नपाउँदै अर्को चिकित्सको घटना बाहिर आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...