Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

डाक्टरकी श्रीमतीले घरको ताला फटाई गरिन गृह प्रवेस, न्यायका लागी गुहार माग्दै (भिडियो सहित)

वीरगंज, १९ बैशाख ।
श्रीमानले अस्विकार गरेपछि श्रीमतीले तालबन्द घरको ताला फुटाई गृह प्रवेस गरेकी छिन । बीरगंज महानगरपालिका वडा नम्बर ६ निवासी डाक्टर राजेश कुमार साहको श्रीमती डा. निलम कुमारी साहलाई अस्विकार गरे पछि विहीवार माइस्थानमा रहेको तलाबन्दी घरमा हथौडाले ताला फुटाएर घर भित्र प्रबेश गरेकी छिन ।

- Advertisement -

खान लाउन नदिई सधै शारीरिक तथा मानसिक यातना दिई आफ्नो घरमा बस्न नदिई कुटपिट गरी घरवाट समेत निकाला गरी आएका आफ्नो श्रीमान् र ससुरा विरुद्ध वीरगंजकी डा. निलम कुमारी साहले न्यायका लागी अदालत संग गुहार मागेकी छिन् । वीरगंज महानगरपालिका वडा नं. ६ माईस्थान बस्दै आएकी डा. निलम साह उनका श्रीमान् राजेश कुमार साहले मानसिक यातना दिदैँ आएको भन्दै अदालतमा मुद्दा दिएकी छिन् ।

२०६९ सालमा बाराको कलैयाँ उपमहानगरपालिका वडा नं. १० मटिअर्वाका रञ्जन साहले आफ्नी छोरिको विवाह २० लाख दाईजो दिएर माईस्थान ६ बस्ने गम्भीर साहका छोरा राजेश कुमार साह संग गराएका थिए । उनका अनुसरा हिन्दु धार्मिक परम्मर अनुसार आज भन्दा ७ बर्ष अघि विवाह बन्धमा बांधिएको भए पनि बारम्बार आफुलाई घर परिवारबाट प्रताडित पारिएको आरोप लगाइन ।बुधबार नेपाली चेलीहरुको पीडालाई कम गर्न आफुले नै ताला फोरेर घर भित्र प्रबेश गरेको बताइन ।

विहे भएको एकवर्षपछि निलम साह डाक्टरी पढ्न चाईन पुगिन भने, श्रीमान् पनी चिकित्सक पढ्न बिदेशिएका थिए । विच विचमा पटक पटक आउदाँ श्रीमान्ले दाईजोको लागी दबाब दिदै आएका थिए । सोही क्रममा डाक्टरी पढाई सकाएर श्रीमान् कहाँ बस्नका लागी बारम्बार मिलापत्र गराए पनि डा.निलम साहलाई राख्न नचाहेको बताउँदै आएका छन् । अदालतबाट विभिन्न न्याय कर्मिहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय मार्फत उनको सुनवाई भइरहेको भएपनी श्रीमान्ले आफ्नो जीवन बर्वाद पार्न खोजेको आरोप लगाएकि छिन् । हाल उनि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा कार्यरत छिन् ।

यता वुवा छोराको अंशबण्डा २०७५ माघ ९ गते भएकाले ससुराले आफुले केही पनि गर्न नसक्ने जवाफ दिएको बताए । २०६९ सालमा बाराको कलैयाँ उपमहानगरपालिका वडा नं. १० मटिअर्वाका रञ्जन साहले आफ्नी छोरिको विवाह ३५ लाख दाईजो दिएर माईस्थान ६ बस्ने गम्भीर साहका छोरा राजेश कुमार साह संग गराएका थिए । उनका बाबु डाक्टर निरंजन कुमारले आफुले ३५ लाख दहेज दिएको भए पनि त्यसले नपुगेर पुन गाडी चाहियो भनेर माग भयो अव म कहांबाट दिउँ भनी प्रतिक्रिया दिए ।

केही साता अगाडी मात्रै डा. एसएन यादवले आफ्नो जेठी श्रीमतिलाई यातना दिदैँ उपचारको क्रममा मृत्यु भएको खबर सेलाउन नपाउँदै अर्को चिकित्सको घटना बाहिर आएको छ ।

ताजा अपडेट

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...