Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगञ्जमा विद्यार्थीहरुद्वारा प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज, १९ वैशाख ।
वीरगञ्ज कमर्स क्याम्पसमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीले बिहीबार प्रदर्शन गरेका छन् । कलेजले परीक्षा हलभित्र २० मिनेट ढिलो प्रश्नपत्र दिएको, चेकजाँचको नाममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

२० मिनेट अगाडि उत्तरपुस्तिका खोसेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिए पनि सम्झाएर पठाइएको प्रहरीले जनाएको छ । ‘प्राविधिक कारणले ५ मिनेट ढिला कपी वितरण भएको र सोही अनुसार ५ मिनेट पछि कपी लिएको क्याम्पस प्रशानको भनाई छ । ‘तर विद्यार्थीले २० मिनेट अगाडी नै कपी खोसेको भन्दै असन्तुष्टि जनाएर प्रदर्शनमा उत्रेका थिए ।

परीक्षामा अमर्या्दित गतिविधि गरको आरोपमा विसीसी कलेजका केन्द्राअध्यक्ष सुशील भट्टराईलाई केन्द्राध्यक्षबाट हटाइएको थियो । त्यसपछि नगवा स्कुलका प्रधानाध्यापक घनश्याम मिश्रलाई केन्द्राध्यक्ष बनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...