Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सञ्चारकर्मीमाथि अस्पतालका चिकित्सकले गरे दुव्र्यहार

spot_img
spot_img

वीरगन्ज (पर्सा), ११ वैशाख ।
नारायणी अस्पतालमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली छापा परेको थियो । अनुसन्धानको लागि आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको समाचार संकलन गर्न सञ्चारकर्मीहरु पुगेका थिए ।समाचार संकलन गर्न क्रममा सञ्चारकर्मीहरु मध्ये दुई जना सञ्चारकर्मीमाथि अस्पतालका चिकित्सकले दुव्र्यहार गरेका छन् ।

अस्पतालको मेसुको हाता भन्दा तल्लो तल्लाको कोठामा एकासी चर्को स्वरमा होहल्ला भइरहेको थियो । होहल्ला भइरहेको अवस्था केहि संचारकर्मी बुझ्न गएको अवस्थामा न्यूज २४ टेलिभिजन पर्सा सम्बदाता इरफान अली र सगरमाथा टेलिभिजनका आबिद हुसैनलाई अस्पतालका चिकिसत्क डा. रोकेश साहले दुव्र्यवहार गरेका थिए । अस्पतालका चिकित्सकहरु बस्ने कोठामा भेडा तथा कुकुर जस्तो लडि रहेको बेला चिकित्सकहरुको विवादलाई बुझ्नका लागि कोठा तर्फ पुगेका सञ्चारकर्मी इरफान अलिमाथी आक्रोशित डा.साहले क्यामरा खोशे सँगै खिचा तानी गदै ? भिज्जवल किन खिचेको ? हाम्रो आन्तरिक मामिला हो, हस्क्षेप किन गरेको भनेर अपशब्द प्रयोग गर्न थालेपछि सञ्चारकर्मीहरु र चिकित्सकबीच केही वेर विवाद उत्पन्न भएको थियो । सोही क्रममा डा.साहले सञ्चारकर्मीद्वयको क्यामरा खोस्ने प्रयास समेत गरेका थिए ।

अख्तियारको टोली आएर छानबिन गरिरहेको दृष्ट कैद गर्न खोज्दा डाक्टर राकेश साहले अनावश्यक विवाद खडा गरी पत्रकार जगत कै खिल्ली उडाउने अभिव्यक्ति दिएर क्यामरामा समेत तोडफोड र क्यामरा खोस्ने प्रयास गरेका थिए । यसको नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले एक विज्ञप्ती मार्फत भत्र्सना मार्फत दोषी चिकित्सकलाई अविलम्ब कारवाही गर्न माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...