Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सडक छेउमा रोकेर राखिएका दुई बसमा आगजनी

spot_img
spot_img

वीरगंज ,१० बैशाख ।
वीरगंज स्थित बाइपास सडक खणडमा सोमबार राति दुईवटा बसमा आगजनी भएको छ । बाइपासमा सडक खणडमा रहेको सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९ बजेतिर अज्ञात समुहले आगजनी गरेका हुन् ।
बसमा आगजनी गर्नेहरुको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए । उनले आजगनीको घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।
आगजनीबाट दुवै बस जलेर ध्वस्त भएका छन् । बसमा लगाइएको आगो वीरगंज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले निभाएका थिए।
दुवै बस, सर्लाहीको मलंगवा निवासी मनमोहन साहको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसधनी साहले बाराको परवानीपुरका श्रवणकुमार साहलाई दुवै बस भाडा चलाउन दिएका थियो भने श्रवण कुमारले बसको भाडा लामो समयदेखि नदिएपछि बस धनी साहले दुई महिना पहिले दुवै बस खोसेर बाइपास सडक छेउमा राखेका थिए ।
यस बारेमा दुवैजना बीच पर्सा जिल्ला अदालतमा मुद्धा पनि चलिरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...