बीरगंज, ९ बैशाख ।
लागु औषध गाँजा र जरायोको सिगं सहित वीरगंजबाट एक जना पक्राउ परेका छन । पर्साको पटेर्वा सुगौली गा।पा।वडा नं।(१ बस्ने बर्ष ३९ को उमेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले सहनीको घर खानतलासी गर्दा ७० किलो लागु औषध गाँजा र जरायोको सिगं ३.५ फिट लम्वाई भएको १ थान बरामद भए पछि निजलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार सवा २ बजे पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई आवश्यक कर्वाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेष विज्ञप्ती मार्फत जनाएको छ ।