Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

पकहामैनपुरमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

वीरगंज, ९ बैशाख ।
पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ४, लहावरथकरीमा प्रिमियर लिंग क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच पुर्ब सांसद एवं नेकपाका नेता राजकुरमार गुप्ताले उदघाटन गरेका छन । लहावरथकरीमा आयोजित प्रिमियर लिंग २०७६ को सोमबार उदघाटन गर्दै नेता गुप्ताले पकहामैनपुर गाउँपालिकाका लागी गाउँपालिका स्तरिय क्रिकेट मैदानको लागी केन्द्रबाट आउदो आर्थिक बर्षमा बजेट पारीत गराएर छोडने प्रतिबद्धता गर्नु भयो ।

- Advertisement -

कार्यक्रमलाई संबोद्धन गर्दै गुप्ताले खेलले शारिरको लागी, स्वास्थ्यका लागी अति नै उतम रहेको बताए । उनले गाउँपालिकाबाट पनि केन्द्र स्तरमा खेलाडी जानु पर्ने शुभकामना ब्यक्त गर्नु भयो । मदन पासवानको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेकपाका प्रदेश नम्बर २ का सदस्य प्रभु पटेल, हमिद मियाँ, पन्नालाल यादव, सोनालाल चौरसिया, पत्रकार छठु साह लगायतकाले मन्तब्य राखेका थिए ।

क्रिकेट प्रतियोगीतामा नेपाल र भारतका १६ वटा टिम सहभागी हुने आयोजक टिमका शत्रुधन गिरीले वताए । आजको प्रथम खेल आयोजक क्रिकेट टिम छोटका लहावरथकरी र कालिकामाई गाउँपालिकाको वडा नमबर ४, प्रशुरामपुर बलुवा बिच र दोस्रो खेल धोरे र सबैठवा बिच हुने भएको गिरीले जानकारी गराए ।

ताजा अपडेट

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...