Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पकहामैनपुरमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

spot_img
spot_img

वीरगंज, ९ बैशाख ।
पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ४, लहावरथकरीमा प्रिमियर लिंग क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच पुर्ब सांसद एवं नेकपाका नेता राजकुरमार गुप्ताले उदघाटन गरेका छन । लहावरथकरीमा आयोजित प्रिमियर लिंग २०७६ को सोमबार उदघाटन गर्दै नेता गुप्ताले पकहामैनपुर गाउँपालिकाका लागी गाउँपालिका स्तरिय क्रिकेट मैदानको लागी केन्द्रबाट आउदो आर्थिक बर्षमा बजेट पारीत गराएर छोडने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रमलाई संबोद्धन गर्दै गुप्ताले खेलले शारिरको लागी, स्वास्थ्यका लागी अति नै उतम रहेको बताए । उनले गाउँपालिकाबाट पनि केन्द्र स्तरमा खेलाडी जानु पर्ने शुभकामना ब्यक्त गर्नु भयो । मदन पासवानको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेकपाका प्रदेश नम्बर २ का सदस्य प्रभु पटेल, हमिद मियाँ, पन्नालाल यादव, सोनालाल चौरसिया, पत्रकार छठु साह लगायतकाले मन्तब्य राखेका थिए ।

क्रिकेट प्रतियोगीतामा नेपाल र भारतका १६ वटा टिम सहभागी हुने आयोजक टिमका शत्रुधन गिरीले वताए । आजको प्रथम खेल आयोजक क्रिकेट टिम छोटका लहावरथकरी र कालिकामाई गाउँपालिकाको वडा नमबर ४, प्रशुरामपुर बलुवा बिच र दोस्रो खेल धोरे र सबैठवा बिच हुने भएको गिरीले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...