Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

मंगलबार साँझ आएको हावाहरीले घर जस्तै देखिने ‘चाईनिज टेन्ट’ उडाए

spot_img
spot_img

वीरगंज,५ बैशाख ।
१७ चैतमा आएको विनाशकारी टोर्नाडोले घर उडाएपछि हावाहुरी पिडित रहत स्वरुप पाएका चाईनिज टेन्टका घर समेत उडाएको छ । मंगलबार साँझ आएको हावाहरीले घर जस्तै देखिने ‘चाईनिज टेन्ट’ मात्र उडाएन, घरमा भएको राहतको लताकपडा तथा राहतका चामल पनि घोप्ट्यायो ।


हावाहुरीले अति प्रभावित भलुही भरवलीया र पुरैनिया गाउँका एक दर्जन टेन्ट उडाइदिएको छ । १७ चैतको आँधीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अस्थायी आवासका लागि टेन्ट गाडिदिएका थिए ।
असिना पानीसँगै आएको हावाहुरीले टेन्ट उडाएपछि उनीहरुले छिमेकीको घरमा रात सोवएबले विताए ।


फेटा गाउँपालिका(१ का गेना राउत मंगलबारको हावाहुरीले पछिलो घटनालाई ताजा गरिदिएको बताउँछन् । ‘अस्तीको जस्तो त होइन तर, हावाहुरी र पानी आइरहेको थियो, घर छेउको बिजुलीको पोल हल्लिरहेको थियो’ उनले भने ‘ फेरि घर ढल्ने हो कि भन्ने डर मनमा थियो । त्यसैले सबैजना भागेर खुल्ला ठाउँमा गएर बस्यौं ।’
हासिमसँगै सफिक अन्सारी, मुस्तुफा अन्सारी, रफिक अन्सारी, तुफैल अन्सारी र सबिला खतुनको अस्थायी टेन्ट बस्न नमिल्ने हावाले उडाएको छ ।


प्रदेश सरकारले टोर्नाडो प्रभावितहरु घर बनाउने भएको छ, त्यसमा सहकार्य गर्ने गरी संघीय सरकारले पनि घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले स्थलगत निरीक्षण समेत गरिसकेका छन् ।
फेटा गाउँपालिकाका नायबसुब्बा सुशील यादव भन्छन्, ‘सेनाको सहयोग लिएर प्रभावितका लागि घर बनाउने भनिएको छ । त्यसैले स्थानीय सरकारले घरबारे केही सोचेको छैन ।’
तर, हुरी प्रभावितको एउटै आग्रह छ, छिटो भन्दा छिटो घर बनोस् र त्यसमा ढुक्कसँग बस्न पाइयोस् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...