Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पर्सा जिल्लामा १सय १८ कुष्ठरोगीको संख्या पुग्यो

spot_img
spot_img

वीरगंज,४ बैशाख ।
पर्सा जिल्लामा १सय १८ कुष्ठरोगीको संख्या पुग्यो छ। बुधवार पर्साको विन्दबासिनी गाउँपालिकामा थप ७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
विन्दबासिनी गाउँपालिकाको स्वास्थ्य महाशाखाले सञ्चालन गरिरहेको सर्च अभियानका क्रममा गाउँपालिकाको झौवागुठीमा ३ जना, अमरपट्टीमा २, प्रसौनी भाठामा १ र बहुअर्वाभाठामा १ जना गरी ७ जना कुष्ठरोगी फेला परेका हुन् । शंकास्पदमा रहेका थप १ जना व्यक्तिलाई चेक जाँचका लागि लालगढ अस्पतालमा पठाइएको छ ।
७ जना नयाँ कुष्ठ रोगी फेला परेको गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट जयमोद ठाकुरले जानकारी दिए ।
सम्बन्धित स्वास्थ्य संस्थाबाट कुष्ठरोगलाई औषधी खुवाउन बुधवार शुरु गरिएको छ । कुष्ठ रोग निवारण अभियानको क्रममा ७ जना मानिसमा ६ महिने उपचारबाट निको हुने पिभी संक्रमण देखिएको र उपचार शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ठ अधिकृत शम्भु यादवले जानकारी दिए ।
पर्सा जिल्लामा १ सय ११ जना कुष्ठरोगी नियमित उपचारमा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...