Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पुर्व मन्त्री बस्नेतको पहलमा हुरीबाट ज्यान गुमाएकालाई आर्थिक सहयोग

spot_img
spot_img

बिरगंज २ बैशाख ।
सिन्धुपाल्चोक जिल्लाको बिकट मानिने सुनकोसी गाउँपालिकाले भीषण हावाहुरिबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । बारा-पर्सामा हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत स्वरुप नगद रु २१ हजार पाच सयका दरले सहयोग रकम वितरण थालिएको तरुण दल पर्साका सचिव विवेक चौरसियाले वताए ।

सुरुमा सोमबार पर्साको बिरगंज महानगर पालिका वडा न. १८ सुखचैनाका हावाहुरीबाट ज्यान गुमाएका सरोज रामका परिवारलाई सोमबार एक कार्यक्रमका बीच सो नगद रकम हस्तान्तरण गरिएको हो । पुर्ब सूचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको बिशेष पहलमा सहयोग गरिएको सचीव चौरसियाले वताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा पुर्ब मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य फर्मुलाह मन्सुर, नेपाली कांग्रेस पर्साका सभापति अजय दिवेदी, बाराका पार्टी सभापति जय चन्द चौरसिया, सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसि, नेपाली कांग्रेस बाकेका जिल्ला सदस्य चुडामणिा कडेल, बिरगंज महानगर वडा न १८ का वडा अध्यक्ष ब्रहम्देव प्रसाद यादव, वडा न २१ का बुथ सभापति अनिल श्रीवास्तव, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह , तरुण दल पर्साका सचिव बिबेक चौरसिया,क्षेत्रीय अध्यक्ष अनिल यादव, वडा अध्यक्ष रामकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

मंगलबार बारा जिल्लामा बिहान ८ बजे हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिने कार्यक्रम रहेको नेपाल तरुण दल पर्साका सचिव चौरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...