Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026

आवाज एफएमको बार्षिकोत्सवको अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, २ बैशाख ।
आवाज एफ.एम. ८८ मेगाहर्ज वीरगंजको बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । एफ.एम. दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गरेको शुभ अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार एफ.एम. परिसरमा श्रोता मिलन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो ।

एफएमका संचालक एवं प्रवन्ध निर्देशक श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जनकपुर उच्च अदालत, अस्थायी ईजलाश वीरगञ्जका मुख्य न्यायधिश डिल्ली राज आचार्यले गरेका थिए । कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्याधिश आचार्यले देश बिकासमा संचार क्षेत्रको ठूलो भुमिका हुने वताए । एफएमबाट नै संचार क्षेत्रको सरुवात भएको वताउदै उनले संचारबाट सांस्कृतिको जर्गेना हुने पनि वताए । जहिले पनि असल र सत्य पत्रकारिता गर्नु पर्ने सुझाव दिदै उनले आवज एमएम आवाज विहिनको आवाज बन्नु पर्ने भन्दै सुभकामना दिए ।

कार्यक्रममा नेकपाका नेता एवं पूर्व सांसद राजकुमार गुप्ता, विचारी यादव, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, वीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रको संचालन एफएमका स्टेसन मेनेजर सुुरेश विडारीले गरेका थिए ।

एफएमले यस अघि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई, फलफुल वितरण, मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतको कार्यक्रम गरेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...