Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

आवाज एफएमको बार्षिकोत्सवको अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, २ बैशाख ।
आवाज एफ.एम. ८८ मेगाहर्ज वीरगंजको बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । एफ.एम. दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गरेको शुभ अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार एफ.एम. परिसरमा श्रोता मिलन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो ।

एफएमका संचालक एवं प्रवन्ध निर्देशक श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जनकपुर उच्च अदालत, अस्थायी ईजलाश वीरगञ्जका मुख्य न्यायधिश डिल्ली राज आचार्यले गरेका थिए । कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्याधिश आचार्यले देश बिकासमा संचार क्षेत्रको ठूलो भुमिका हुने वताए । एफएमबाट नै संचार क्षेत्रको सरुवात भएको वताउदै उनले संचारबाट सांस्कृतिको जर्गेना हुने पनि वताए । जहिले पनि असल र सत्य पत्रकारिता गर्नु पर्ने सुझाव दिदै उनले आवज एमएम आवाज विहिनको आवाज बन्नु पर्ने भन्दै सुभकामना दिए ।

कार्यक्रममा नेकपाका नेता एवं पूर्व सांसद राजकुमार गुप्ता, विचारी यादव, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, वीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रको संचालन एफएमका स्टेसन मेनेजर सुुरेश विडारीले गरेका थिए ।

एफएमले यस अघि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई, फलफुल वितरण, मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतको कार्यक्रम गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...