Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

हेल्पिङ युथले उपलब्ध गरायो बालबालिकालाई कपडा

spot_img
spot_img

वीरगंज : हावाहुरीबाट प्रभावित परिवारका बालबालिकालाई हेल्पिङ युथ क्लब अफ वीरगंजले कपडा उपलब्ध गराएको छ ।
बाराको फेटा गाउँपालिका वडा नम्वर १ र कलैया उपमहानगरपालिका वडा नम्वर ७ का १५० परिवारका बालबालिकाका लागि क्लबले कपडा उपलब्ध गराएको हो ।

जितपुर सिमरा उप महानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष असलम देवान र हाेमराज सेढाईले राहत सामाग्री प्रदान गर्नुभएको थियो । बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीले झण्डै एक हजार घर पूर्ण रुपमा ध्वस्त गराउनुका साथै १३ सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

विचल्लीमा परेका परिवारका साना बालबालिकाको अर्को कपडा नहुँदा उनीहरु समस्यामा थिए । क्लबले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै कपडा सहयोग गरेको क्लबका अध्यक्ष आविद हुसेनले जानकारी दिनुभयो । स्थानीय प्रशासनको सहकार्यमा पीडितको घरघरमै पुगेर कपडा वितरण गरेको उहाँले बताउनुभयो ।

राहत वितरणमा सचिव इरफान अन्सारी, जाविर हुसेन, समिर हवारी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...