Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

महिला समुहद्वारा हावाहुरीबाट प्रभावित ५७० परिवारलाई डिग्निटि किट

spot_img
spot_img
वीरगंज : आईतबार बेलुकी बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीबाट प्रभावित भएका परिवारजनलाई (Women For Women) समूह वीरगंजले विभिन्न समाग्रिहरुले भरिपुर्ण (Dignity kit) झोला वितरण गरेको छ ।

प्रभावित परिवार मध्ये खासगरी महिला तथा बालबालिकाहरुलाई लक्षित गरि (Dignity kit) समुह मार्फत बाराको भरवलिया, पुरैनिया, पर्साको सुखचैनाका प्रभावित परिवारहरु गरि ५७० घरपरिवारलाई लक्षित गरि उक्त झोला वितरण गरिएको हो ।

बारा र पर्सागरी करिब २२ सय घरपरिवार प्रभावित भएकोमा खाद्यान्न तथा विभिन्न समाग्रिहरु विभिन्न दातृ निकायबाट सहयोग भईरहेपनी महिलाहरुका लागी मात्रै चाहिने अतिआवश्यक शारिरिक सरसफाईका समाग्रिहरु अभाव देखेकाले वीरगंजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको समुहले महिलाहरुले प्रयोग गर्ने उक्त समाग्रिहरु बारे जनचेतना जगाऊँदै वितरण गरेको थियो ।

हावाहुरी पिडित परिवारलाई एक परिवारमा ३ महिलाको विवरण बनाई स्याम्पू ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३, अण्डर गार्मेन्ट ६ पिस, टावेल २, झुल २, तेल १ बोतल, टुथ ब्रस ५ पिस, टुथ पेष्ट २ पिस, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ पिस, नेल कटर र काईयो १ पिस लगायतका समाग्रि रहेको छ । उक्त (Dignity kit) लगायतको समाग्री वितरण गरेको हो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...