Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

राहत वितरण सहि ढंगले भएन : अध्यक्ष राणा

spot_img
spot_img

वीरगञ्ज : राष्ट्रय प्रजातन्त्र पार्टीका अध्यक्ष रापशुपति शमशेर जंगबहादुर राणाले हावाहुरी पिडितको राहत सही ढंगले वितरण नभएको वताएका छन । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले राहत प्रभावकारी रुपले वितरण भएको वताएको भोलीपल्ट शुक्रबार वीरगंज पुगेका अध्यक्ष राणाले राहत पाउनु पर्नेले नपाएको वताएका हुन ।

बिहिबार मात्र पत्रकार सम्मेलन गर्दै मन्त्री यादवे राहत सबैले पाएको वताएका थिए भने शुक्रबार पत्रकार सम्मेलन नै गर्दै अध्यक्ष राणाले राहत सही ढंगले वितरण नभएको आरोप लगाएका हुन । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएको पत्रकार सम्मेलनमा वोल्दै उनले भने ‘जसले पाउनु पर्ने नपाए, लुटेराहरुले पाए’ ।

प्रभावित परिवार भन्दा वढी पाल यहां आउदा पनि यसको वितरण सही ढंगले नभएको उनको भनाई थियो । सब भन्दा पहिला राहतको व्यवस्थापनमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार सजग हनु पर्ने उनको सुझाव थियो । सब भन्दा ठूलो अहिले अवश्यकता पिडितलाई स्थाई बसोबास चाहिन्छ । उनले भने ‘घरविहिन भएकाहरुको लागि तुरुन्त सरकारले घर बनाउनु पर्छ’ हामी सरकार संग मांग गर्दै छु ।

आइतबार आएको हावाहुरी अनुभुत घटना हो भन्दै अध्यक्ष राणा त्यो विनाशकारी क्षणको सन्दर्भमा सबैको जिम्मेवारी उत्कै भएको समेत उनको धारणा थियो । अध्यक्ष राणा हावाहुरी पिडित घाइतेलाई भेटन नारायणी अस्पताल समेत पुगेका थिए भने प्रभावित क्षेत्रमा पुगी राहत वितरण पनि गरेका थिए ।

त्यस पछि पत्रकारहरु संग भेटघाट गर्दै भिषण हावाहुरीको सन्दर्भमा आफ्नो पार्टीको र आफ्नो धारणा उनले सार्वजनिक गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...