Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

गैसस महासंघ पर्साद्वारा भाडा बर्तन राहत वितरण

spot_img
spot_img

वीरगञ्ज : गैर सरकारी संस्था महासंघ नेपाल, पर्साले शुक्रबार हावाहुरी पिडितलाई राहत वितरण गरेको छ । बाराको देवताल गाउँपालिकाको वडा नं. ७, रमपुरवाका हावाहुरी पिडितलाई महासंघले राहत वितरण गरेको हो ।

आइतबार आएको भिषण हावाहुरी प्रभावित रमपुरवाका ३० घरपरिवारलाई राहत वितरण गरिएको गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साहले वताए । पिडितहरुको घर मै पुगी राहत स्वरुप भाडाब्रतन सहयोग गरिएको अध्यक्ष साहले जानकारी गराए ।

महासंघ पर्साले प्रति परिवार डेक्ची १ थान, कराही १ थान, प्लेट २ थान, डाडु १ थान, पनियु १ थान लगायतका सामग्री राहत वितरण गरेको हो । राहत वितरण गर्न गैसस महासंघ पर्साकी उपाध्यक्ष अर्चना गुप्ता, कोषाध्यक्ष मनोज यादव, सह सचिव प्रभात मिश्रा, जयनारायण चौधरी, मालती कुशवाहा लगायतको समुह प्रभावित क्षेत्र पुगेको थियो ।

रमपुरवाका पूर्ण रुपले क्षतिग्रस्त घरघर मै पगी अभाव रहेको भांडाब्रतनको वितरण महासंघले गरेको हो । नेपाली सेनाले ति क्षतिग्रस्त गाउँमा अस्थाई टहरा निर्माण पनि थालेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...