Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

पहिले भन्दा धितोपत्र बोर्डमा निकै सुधार गरिएको दावी ः नेपाल धितोपत्र बोर्डका अध्यक्ष कार्की

spot_img
spot_img

वीरगंज,२२ चैत ।
वीरगंजमा नेपाल धितोपत्र बोर्ड समबन्धी शुक्रबार छलफल कार्यक्रम सम्मपन्न भएको छ ।वीरगंज उधोग वाणिज्य संघको सभा हलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले स्थानीय तहले ऋणपत्र जारी गर्न मिल्ने व्यवस्था गर्ने बताएका छन् ।
तिन तह कै सरकारले ऋणपत्र जारी गर्न सक्ने प्रावधान रहेको छ भने प्रदेश सरकारले ऋणपत्र जारी गर्न सक्ने प्रावधान छ तर नगरेको उनले जानकारी दिए ।यो ‘२०१८ सालदेखि नै सरकारले ऋणपत्र निकाल्न थालेको हो ।
कतिपय मुलुकमा स्थानीय सरकारले पनि ऋणपत्र जारी गरेर विकास निर्माणका काम गर्ने गरिरहेको भन्दै नेपालमा पनि त्यससम्बन्धी व्यवस्था गर्ने जानकारी दिनु भयो ।
पहिले भन्दा धितोपत्र बोर्डमा निकै सुधार गरिएको दावी गर्दै उनले विभिन्न सरोकारवालाहरुको प्रतिक्रिया लिएर अझै सुधारका कदम चाल्दै जाने जानकरी दिए ।
कार्यक्रममा सहभागीहरुले हाइड्रो पावरलाई नियामक निकाय नभएको, संस्थाको आर्थिक अवस्था विश्लेषण नगरी प्रिमियमसहित शेयर जारी गर्न दिने गरेको, प्राली कम्पनीबाट आईपीओ भर्दा नपर्ने समस्या देखिएकोलगायतका गुनासो राखेको नासा सेक्युरिटिज वीरगञ्ज शाखा प्रमुख जीतकुमार दहालले जानकारी दिए ।
आयोजित छलफल कार्यक्रममा अध्यक्ष कार्कीले स–साना लगानी कर्तालाई समेत धितोपत्रमा समेट्ने उद्देश्यले १० कित्ता शेयर समेत भर्न सक्ने प्रावधान ल्याएको जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...