Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

राहत सबैले पाएको छ, क्षतिपुर्ति पनि पाउँन्छन : मन्त्री मातृका यादव

spot_img
spot_img

वीरगञ्ज, २१ चैत ।
हावाहुरी पिडितको व्यवस्थापनको लागि सरकारले खासै ध्यान नदिएको आलोचना भइरहेको बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी भएको दाबी गरेका छन । प्रभावित क्षेत्रमा सरकारको उपस्थित निरन्तर रहेको र पिडित सबै समक्क्ष राहत पुगेको मन्त्री यादवले वताएका हुन ।

प्रभावित क्षेत्रको निरिक्षण तथा राहत वितरण गर्न वीरगञ्ज पुगेका मन्त्री यादवले हावाहुरी पिडितको व्यवस्थापन गर्न सरकार लागि परेको र हाल रहेको समस्या पनि केहि दिन समाधान हुने वताएका हुन । हावाहुरी प्रभावित क्षेत्रको अधिकांश ठाउँमा आफु पुगेर अवस्था बुझदा सबैले राहत पाएको आफुले बुझेको उनले वताए ।

वीगञ्जमा पत्रकार सम्मेलन कै आयोजना गरी मन्त्री यादवले स्थानिय सरकारको राहतको कार्य पनि प्रभावकारी देखेको वताए । आयल निगमको तर्फबाट ३० किलोग्रामको १२ सय ९ बोरा चामल वितरण गरिएको उनले वताए । यसपालि हामी सन्तुष्ट रहेको वताउदै यादवले प्रभावित क्षेत्रमा सरकारको पहुंच भएन भने कुरा निराधार भएको वताए । उनले भने सरकारको पहुंच प्रभावित क्षेत्रको सबै ठाउँमा छ । हामी निरन्तर प्रभावित क्षेत्रमा छौं ।

पिडितले उचित क्षतिपुर्ति पाउन्छन कुनै किसिमको अशंका गर्नु पर्ने ठाउँ छैन । पिडितको पनि सरकार माथी विश्वास रहेको उनको भनाई थियो । पत्रकारहरुले सोधेको भुकम्प पिडितको जस्तो हावाहुरी पिडितको हालत हुदैन नि भने प्रशनको जवाफमा उनले भने अहिले नै तपाईहरु देख्नु भएको छैन पहिला भन्दा राम्रो छ ।

अक्रो प्रशनको जवाफमा स्थानिय सरकार र प्रदेश सरकारको समन्वय बारा–पर्साका प्रभावित घरहरुको निर्माण गरिने उनेको भनाई थियो । हाल घर विहिन भएकाहरुको लागि आफुले स्थानिय तथा प्रदेश सरकारलाई भनेको छु तपाईहरु बांसको व्यवस्था गर्नुस संघिय सरकारले जस्ता पाताको व्यस्था गर्छ उनले भने ।

अध्यक्ष प्रचण्डले भनेको ५÷५ लाख मृतक परिवारले पाउने पनि उनले वताए । यस अघि हवाहुरी प्रभावित पर्साको वीरगंज महानगरपालिकाको जगरनाथपुर मन्त्री यादव पुगेका थिए भने त्यस पछि नेकपाको पार्टी कार्यालय पर्सामा पार्टी कार्यकर्ताहरुलाई बोलाई प्रभावित क्षेत्रको राहतमा लाग्न निर्देशन दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...