Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

राहत सबैले पाएको छ, क्षतिपुर्ति पनि पाउँन्छन : मन्त्री मातृका यादव

spot_img
spot_img

वीरगञ्ज, २१ चैत ।
हावाहुरी पिडितको व्यवस्थापनको लागि सरकारले खासै ध्यान नदिएको आलोचना भइरहेको बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी भएको दाबी गरेका छन । प्रभावित क्षेत्रमा सरकारको उपस्थित निरन्तर रहेको र पिडित सबै समक्क्ष राहत पुगेको मन्त्री यादवले वताएका हुन ।

प्रभावित क्षेत्रको निरिक्षण तथा राहत वितरण गर्न वीरगञ्ज पुगेका मन्त्री यादवले हावाहुरी पिडितको व्यवस्थापन गर्न सरकार लागि परेको र हाल रहेको समस्या पनि केहि दिन समाधान हुने वताएका हुन । हावाहुरी प्रभावित क्षेत्रको अधिकांश ठाउँमा आफु पुगेर अवस्था बुझदा सबैले राहत पाएको आफुले बुझेको उनले वताए ।

वीगञ्जमा पत्रकार सम्मेलन कै आयोजना गरी मन्त्री यादवले स्थानिय सरकारको राहतको कार्य पनि प्रभावकारी देखेको वताए । आयल निगमको तर्फबाट ३० किलोग्रामको १२ सय ९ बोरा चामल वितरण गरिएको उनले वताए । यसपालि हामी सन्तुष्ट रहेको वताउदै यादवले प्रभावित क्षेत्रमा सरकारको पहुंच भएन भने कुरा निराधार भएको वताए । उनले भने सरकारको पहुंच प्रभावित क्षेत्रको सबै ठाउँमा छ । हामी निरन्तर प्रभावित क्षेत्रमा छौं ।

पिडितले उचित क्षतिपुर्ति पाउन्छन कुनै किसिमको अशंका गर्नु पर्ने ठाउँ छैन । पिडितको पनि सरकार माथी विश्वास रहेको उनको भनाई थियो । पत्रकारहरुले सोधेको भुकम्प पिडितको जस्तो हावाहुरी पिडितको हालत हुदैन नि भने प्रशनको जवाफमा उनले भने अहिले नै तपाईहरु देख्नु भएको छैन पहिला भन्दा राम्रो छ ।

अक्रो प्रशनको जवाफमा स्थानिय सरकार र प्रदेश सरकारको समन्वय बारा–पर्साका प्रभावित घरहरुको निर्माण गरिने उनेको भनाई थियो । हाल घर विहिन भएकाहरुको लागि आफुले स्थानिय तथा प्रदेश सरकारलाई भनेको छु तपाईहरु बांसको व्यवस्था गर्नुस संघिय सरकारले जस्ता पाताको व्यस्था गर्छ उनले भने ।

अध्यक्ष प्रचण्डले भनेको ५÷५ लाख मृतक परिवारले पाउने पनि उनले वताए । यस अघि हवाहुरी प्रभावित पर्साको वीरगंज महानगरपालिकाको जगरनाथपुर मन्त्री यादव पुगेका थिए भने त्यस पछि नेकपाको पार्टी कार्यालय पर्सामा पार्टी कार्यकर्ताहरुलाई बोलाई प्रभावित क्षेत्रको राहतमा लाग्न निर्देशन दिएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...